भरतपुरको मेयर फेरि माओवादी केन्द्रलाई दिन देउवा तयार
न्युजभित्तो/२९ चैत्र २०७८, मंगलवार ११:१५
भरतपुर,२९ चैत्र । भरतपुर महानगरपालिकाको मेयर फेरि नेकपा माओवादी केन्द्रले पाउने भएको छ । चितवनका नेता कार्यकर्ताको तीव्र दबाबका बाबजुत पनि प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर माओवादीलाई दिन तयार भएका हुन्
माओवादी अध्यक्ष पुष्पकमल दाहालले छोरी रेनुलाई मेयर बनाउने प्रस्ताव देउवासँग राखेपछि गठबन्धन जोगाउन भन्दै देउवा भरतपुर महानगरपालिका फेरि माओवादीलाई दिन तयार भएका हुन् । ‘यसअघि गठबन्धन दलमध्ये जसले जहाँ जितेको छ, त्यसलाई कायम राख्ने भनेपछि भरतपुर स्वतः माओवादीले पाउने निश्चित छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो ।’
देशभरका ६ महानगरपालिकामध्ये ललितपुर र विराटनगर कांग्रेसले पाउँछ भएको छ । यि दुईमा यस अघि पनि कांग्रेस विजयी भएको थियो । वीरगन्ज जसपाले लिन्छ । एमालेले जितेका काठमाडौं र पोखरा महानगरपालिकामा भागबन्डा हुन बाँकी छ ।
यता शेखर कोइराला समूहले केन्द्रीय कार्यसमितिको निर्णय र विधानको व्यवस्थाविपरीत केन्द्रबाटै सबै पालिकामा तालमेल गर्ने निर्णय लिएमा तल्ला तहका कार्यकर्ताले त्यसलाई स्वीकार गर्न नसक्ने चेतावनी नेतृत्वलाई दिँदै आएको छ ।
चितवन कांग्रेसले सर्वसम्मतिबाट मेयर पाउनुपर्ने निर्णय गरेको थियो । जिल्लाले गरेको निर्णय कार्यान्वयन गर्न दबाब दिँदै चितवनका कांग्रेस नेताहरूले काठमाडौंमा दौडधुब गरेका थिए ।
केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल, नेता जगन्नाथ पौडेललगायतले प्रधानमन्त्री देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छुट्टाछुट्टै भेटेर ज्ञापनपत्र बुझाएका थिए ।
कांग्रेसले भरतपुरको मेयर र उपमेयरका लागि आकांक्षीहरुको मनोनयन दर्ता समेत गराईसकेको छ । जसमा मेयरका लागि २५ जना दावी पत्र महानगर समितिलाई पेश गरेको छ । यस्तै उपमेयरका लागि पनि २४ जनाले दावी गरेका छन् ।
महानगरको मेयरमा भरत अधिकारी, शंकरप्रसाद कंडेल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेल, रामप्रसाद अधिकारी, विजयराज शर्मा भुसाल, दिनेश कोईराला, पार्वती शाह ठकुरी, दिर्घमान श्रेष्ठ, निलकण्ठ शर्मा रिजाल, गरीकुमारी श्रेष्ठ, मिना कुमारी खरेल सुवोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, मिलनबाबु श्रेष्ठ, प्रकाश अधिकारी, प्रा डा केशवभक्त सापकोटा, टेकप्रसाद गुरुङ, राजेन्द्र डोटेल, डा सूर्यकान्त घिमिरे, हिरामणी अधिकारी र धनश्याम दवाडीले मनोनयन दर्ता गराएका हुन् ।
यस्तै उप-मेयरमा तारा गुरुङ, वुद्धिकान्त न्यौपाने, लक्ष्मी न्यौपाने, निरु कार्की, कल्पना पौडेल, देवेन्द्रबहादुर गुरुङ, टंकनाथ पौडेल, कृष्णबहादुर गुरुङ, राजिव न्यौपाने, विरेन्द्र केसी, भुपतिदास सापकोटा, केदारनाथ बराल, रविभद्र शर्मा खनाल, निर्मलराज पौडेल, शुरविर पोख्रेल, भोजराज कौडाल, एलिजा अधिकारी, महेन्द्र श्रेष्ठ, सूर्यनाथ अधिकारी, गीता गुरुङ, बिनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी र बिदुर केसीले दावी गरेका छन् ।
नमन्त्री शेरबहादुर देउवा भरतपुर माओवादीलाई दिन तयार भएका हुन्