सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदी उम्मेदवार


  •    न्युजभित्तो/२७ चैत्र २०७८, आईतवार १६:४६ 
  • चितवन, २७ चैत । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार बन्नु हुने भएको छ । भरतपुर महानगर कमिटीले सुवेदीको नाम मात्रै जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

    एमाले पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रस्ताव र सांसद एवं एमाले नेता कृष्णभक्त पोखरेलको समर्थनमा सुवेदी महानगर मेयरको पदमा सिफारिस हुनु भएको महानगर कमिटी अध्यक्ष शंकर थपलिया जानकारी दिनुभयो ।

    मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आइतबार बसेको छ । सो बैठकले मेयरमा सर्वसम्मत रुपमा सुवेदीको नाम सिफारिस गरेको हो ।

    सांसद सुवेदी अष्टलक्ष्मी शाक्य बागमती मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री हुनुहुन्थ्यो । उहाँ नेकपा एमाले चितवनको दुई कार्यकाल  पार्टी प्रमुख भईसक्नु भएको छ । हाल उहाँ पार्टीको बागमती प्रदेश सचिव हुनुहुन्छ । सुवेदी भरतपुर महानगरपालिका वडा नं. १२ का स्थायी वासिन्दा हुनुहुन्छ । उहाँ भरतपुर अस्पताल विकास समितिको अध्यक्ष हुँदा योजनाबद्ध रुपमा अस्पताललाई अगाडि बढाएको भन्दै प्रशंसा भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.