सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माओवादीको सर्कुलर : जिल्लामा कम्तिमा एक पालिका प्रमुखको उम्मेदवार महिलालाई बनाउनुपर्ने


  •    न्युजभित्तो/२९ चैत्र २०७८, मंगलवार ११:५३ 
  • काठमाडौँ, २९ चैत। नेकपा (माओवादी केन्द्र)ले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित  भन्दै प्रत्येक जिल्लाबाट कम्तिमा एक पालिका प्रमुख र प्रत्येक पालिकाबाट कम्तिमा एक वडाध्यक्षको उम्मेदवार महिलालाई बनाउने भएको छ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार एक विशेष सर्कुलर जारी गर्दै विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिकाअन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका

    पार्टीको यस्तो व्यवस्थाले हेर्दा सामान्य लागे पनि महिलाहरूको नेतृत्व विकासका लागि  निकै महत्वपूर्ण  हुनेछ बताउँछिन् माओवादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष बिमला केसी । ‘एक पालिकाबाट न्यूनतम एक महिला वडाध्यक्ष र एक जिल्लाबाट न्यूनतम १ महिला पालिका प्रमुख वा अध्यक्ष अनिवार्य गराउँदा देशभरीबाट माओवादी पार्टीबाट मात्रै न्यूनतम ७७ पालिका प्रमुख वा अध्यक्ष र न्यूनतम ७५३ वडा अध्यक्ष हुनेछन्’ उनको भनाइ छ, ‘हेर्दा सामान्य जस्तो लागे पनि महिलाहरूको नेतृत्व विकासका लागि यो निकै महत्वपूर्ण हुनेछ ।’

    सबै उम्मेदवारहरूको सिफारिस वैशाख ५ गतेभित्र गरिसक्नु पर्ने निर्देशनसमेत सर्कुलरमा छ । माओवादीले उम्मेदवार सिफारिसको विधि र प्रक्रियासमेत तय गरेको छ।

    हुन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.