सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा रेखा थापाको नेतृत्वमा राप्रपाको निर्वाचन लक्षित प्रचार अभियान सुरु


  •    न्युजभित्तो/२८ चैत्र २०७८, सोमबार १७:३६ 
  • चितवन, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजदेखि चितवनमा घरदैलो अभियान सुरु गरेको छ । स्थानीय तहको निर्वाचन लक्षित घरदैलो अभियानको औपचारिक सुरुवात गरिएको हो ।

    राप्रपाले निर्वाचन केन्द्रीत घरदैलोका लागि चितवनमा रेखा थापालाई खटाएको छ । केन्द्रको निर्देशन अनुरुप थापाले चितवनमा अभियान सुरु गर्नुभएको छ । उहाँले पूर्वी चितवनको कालिका नगरपालिका र पश्चिम चितवनको भरतपुर महानगरपालिकाका विभिन्न वडामा आयोजित कार्यक्रममा सहभागी भएर राप्रपालाई बिजयी गराउन अपिल गर्नुभयो । । नेतृ थापाले राप्रपामा जनताको आकर्षण बढेको बताउनुभयो। कालिका नगरपालिकामा आयोजित कार्यक्रममा ५० बढि राप्रपा प्रवेश गरेको जनाईएको छ ।

    कालिका र भरतपुरका विभिन्न वडा कार्यालयको उद्घाटन समेत गरिएको छ । राप्रपा भरतपुर महानगर सचिव सुलभ सिग्देलका अनुसार आजदेखि निर्वाचन केन्द्रित घरदैलोका कार्यक्रम निरन्तर जारी रहने छन् । राप्रपाले स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्दा जनजागरणका लागि आफ्नो टोलमा पुगौं भन्ने नारा तय गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.