राजनीति
लमजुङ भदौ १२। नेपाली कांग्रेस लमजुङले आगामी मसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ अभियानको औपचारिक सुरुवात गरेको छ । देशभर शुक्रबारदेखि सुरु गर्ने भनिएको अभियान आइतबारबाट लमजुङमा पनि सुरु गरिएको हो ।लमजुङमा अभियान...
चितवन, भदौं १२। माओवादी केन्द्रको निर्वाचन क्षेत्र मानिएको चितवन क्षेत्र नम्बर ३ तर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पनि दाबी गरेका छन् ।पार्टी प्रशिक्षणमा देशभर दौडाहामा रहेका कोइरालाले नारायणी अनलाइनलाई प्रतिक्रिया दिँदै आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।...
काठमाडौं, भदौ १२। एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गरेको छ ।आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले ३४ सदस्यीय केन्द्रीय सचिवालय पनि गरेको छ । कमिटीको सचिवमा विष्णु रिमाल चयन भएका छन् । एमालेले...
चितवन, १२ भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा बाहिरबाट आएर यहाँ उम्मेदवार बन्नेहरुलाई कांग्रेस चितवनले रोक्ने भएको छ । चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुको छुट्टाछुट्टै बैठक बसी बाहिरबाट आउने उम्मेदवार...
चितवन,भदौ १०। नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सङ्घ र प्रदेशको सिट बाँडफाँट हुनुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सत्यका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, “स्थानीय निकायको निर्वाचनमा...
काठमाडौँ, भदौ १०। गृहमन्त्री बालकृष्ण खाणले साइबर अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभएको छ । जनकल्याण सामाजिक केन्द्रले अयांश योग नेचर केयर अस्पतालको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘साइबर क्राइम प्रशिक्षण कार्यक्रम’मा उहाँले प्रविधिको बढ्दो प्रयोगसँगै साइबर...
चितवन, भदौ १०। जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक (दाबी विरोध)का लागि एक साताको समय छुट्याएको छ । कार्यालयका अनुसार यही भदौ १३ गतेदेखि १८ गतेसम्म अद्यावधिक गरिने छ ।कार्यालयका प्रमुख भीमसेन कार्कीले भदौ १२ गतेसम्म सम्पूर्ण वडामा...
काठमाडौं, भदौ १०। नेपाली कांग्रेसले आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै छ । आगामी ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आजदेखि २४ गतेसम्म कांग्रेसले अभियान चलाउन लागेको हो । अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर...
काठमाडौँ, भदौ ९। मधेस प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास असफल भएको छ । मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका जनता समाजवादीका पार्टीमा अध्यक्ष उपेन्द्र यादव नै निर्देशनबाट पछि हटेपछि प्रयास असफल भएको हो ।सरकार परिवर्तनको प्रयास असफल भएको स्वीकार...
काठमाडौं, भदौ ९। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानविपरीत राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका पूर्वजर्नेलहरुसँग परामर्श गरेको बताएका छन् ।आफूकहाँ प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई संसदमा फिर्ता पठाएको र संसदबाट फेरि पास भएर जस्ताको तस्तै...










