सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘आगन्तुक’ उम्मेदवार रोक्दै चितवन कांग्रेस, उमेश श्रेष्ठलाई झट्का


  •    न्युजभित्तो/१२ भाद्र २०७९, आईतवार ०९:०६ 
  • चितवन, १२ भदौ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा बाहिरबाट आएर यहाँ उम्मेदवार बन्नेहरुलाई कांग्रेस चितवनले रोक्ने भएको छ । चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुको छुट्टाछुट्टै बैठक बसी बाहिरबाट आउने उम्मेदवार रोक्ने निर्णय गरेको हो ।

    जिल्ला नेतृत्वको प्रत्यक्ष संलग्नता नभए पनि परामर्शमा बैठक बसेको सहभागी एकले बताएका छन् । बैठकका सहभागी महासमिति सदस्य राजकुमार राजभण्डारीका अनुसार यही भूगोलमा राजनीति गरेका जनप्रिय नेता यहाँको उम्मेदवार बन्न सके जिताउन सकिने भएकाले गृहकार्य गरेको बताउनुभयो । आजै क्षेत्रीय समिति र प्रदेश समितिसँग छलफल गरी जिल्ला हुँदै केन्द्रमा धारणा पठाउन लागिएको छ ।

    सोही क्षेत्रबाट केन्द्रीय सदस्य उमेश श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेपछि रोक्नका लागि यो गृहकार्य भएको पाईएको छ । राजभण्डारीले भन्नुभयो “जनतामा भिजेको वर्षाैदेखि यही राजनीति गरेको व्यक्ति छोडेर बाहिरका व्यक्तिलाई निर्वाचनमा जिताउन सकिंदैन ।”

    भदौ १६ गतेसम्म क्षेत्रले सिफारिस गर्नुपर्ने भएकाले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरु यो गृहकार्यमा लागेको बताएका छन् । सबैको एकमत रहेको राजभण्डारीले दावी गर्नुभयो । यो क्षेत्रमा नेपाली कांग्रेसको शेखर समूहको राम्रो उपस्थिति छ । जिल्ला सभापति राजेश्वर खनाल शेखर समूहका मानिनुहुन्छ । आफू वा पूर्व सभापति जीतनारायण श्रेष्ठमध्ये एक जनालाई २ नं. क्षेत्रमा उम्मेदवार पाउनु पर्ने उहाँले दावी गर्दै आउनु भएको छ ।

    प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निकट उमेश श्रेष्ठलाई यहाँ टिकट दिनबाट रोक्न गृहकार्य थालिएको हो । राज्यमन्त्री समेत रहेका श्रेष्ठको राजनीति भूगोल चितवन क्षेत्र नं. ३ हो । उहाँलाई आगन्तुक उम्मेदवारका रुपमा शेखर समूहले जिल्लामा प्रचार गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.