सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लमजुङमा पनि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु


  •    न्युजभित्तो/१२ भाद्र २०७९, आईतवार १६:४३ 
  • लमजुङ भदौ १२। नेपाली कांग्रेस लमजुङले आगामी मसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ अभियानको औपचारिक सुरुवात गरेको छ । देशभर शुक्रबारदेखि सुरु गर्ने भनिएको अभियान आइतबारबाट लमजुङमा पनि सुरु गरिएको हो ।लमजुङमा अभियान सुरु गर्दै केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य शंकर भण्डारी मुलुकको दिगो विकास र समृद्धिका लागि कांग्रेसको आवश्यक परेको भन्दै आगामी निर्वाचनको परिणाम कांग्रेसको पक्षमा पार्न अभियान सुरु गरिएको बताए ।

    मुलुकको राजनीतिक इतिहासमा ठूला र महत्वपुर्ण परिवर्तनमा कांग्रेसको नेतृत्व रहेको उल्लेख गर्दै नेता भण्डारीले अब देशको विकास र समृद्धिका लागि पनि कांग्रेसको विकल्प नरहेको दाबी गरे ।

    कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङसहित अभियान सुरुवात कार्यक्रममा सहभागी थिए । कार्यक्रममा अभियानलाई सफल बनाउन जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय समिति, पालिका स्तरीय समिति र अन्य भातृ तथा शुभेच्छुक सँगठनका प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.