सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साइबर अपराधको विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्छः गृहमन्त्री खाण


  •    न्युजभित्तो/१० भाद्र २०७९, शुक्रबार १३:१२ 
  • काठमाडौँ, भदौ १०। गृहमन्त्री बालकृष्ण खाणले साइबर अपराधको विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभएको छ । जनकल्याण सामाजिक केन्द्रले अयांश योग नेचर केयर अस्पतालको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘साइबर क्राइम प्रशिक्षण कार्यक्रम’मा उहाँले प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना पनि बढ्दै गएको भन्दै यस्ता घटनालाई कम गर्न विद्यालयका पाठ्यक्रममा साइबर अपराधसम्बन्धी विषयवस्तु समावेश गर्नुपर्ने बताउनुभएको हो ।

    “सूचना प्रविधिलाई आपराधिक समूहले पनि दुरुपयोग गरिरहेको छ, यसलाई रोक्नका लागि सरकारले छुट्टै सेल निर्माण गरी काम गरिरहेको छ”, गृहमन्त्री खाणले भन्नुभयो ।उहाँले जनताको जीवनरक्षा गर्ने सरकारको मुख्य दायित्व भएको भएको र उनीहरुको जीवनरक्षाको सिलसिलामा कहिलेकाहीँ राष्ट्रका सामु ठूलो समस्या आउने गरेको उल्लेख गर्नुभयो । “तापक्रम वृद्धि, जनसङ्ख्या वृद्धि, भाइरसको उत्पत्तिले विश्वमा ठूलो चुनौती थपिँदै गएको छ”, गृहमन्त्री खाणले भन्नुभयो ।
    कांग्रेसका नेता तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले कोरोना महामारीको समयमा जनताको रक्षाका लागि यस केन्द्रलगायत सामाजिक सङ्घसंस्थाले निर्वाह गरेको भूमिका प्रसंशनीय रहेको बताउनुभयो ।

    उक्त केन्द्रका सल्लाहकार भरत ढकालले न्यून स्रोत र साधन भएर पनि आफूहरुले सक्दो सेवा पु¥याउँदै आएकोे जानकारी दिनुभयो। विसं २०७० मा स्थापना भएको सो केन्द्रले देशका विभिन्न भागमा तीन सयभन्दा बढी स्वास्थ्य शिविर, १७ पटक रक्तदान कार्यक्रम, दुई दर्जनभन्दा बढी उद्घोषण तथा विभिन्न किसिमका तालिम प्रदान गरिसकेको केन्द्रका अध्यक्ष विकासकुमार दासले उल्लेख गर्नुभयो ।कार्यक्रममा नेपाल प्रहरी साइबर ब्यूरोका प्रहरी नायब उपरीक्षक दिपेश जोशीले साइबर अपराधसम्बन्धी प्रशिक्षण दिनुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.