सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्ड जहाँबाट पनि उठ्न सक्छन्, चितवन क्षेत्र नम्बर ३ मा मेरो दाबी छ: नेता कोइराला


  •    न्युजभित्तो/१२ भाद्र २०७९, आईतवार १६:२७ 
  • चितवन, भदौं १२। माओवादी केन्द्रको निर्वाचन क्षेत्र मानिएको चितवन क्षेत्र नम्बर ३ तर्फ नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पनि दाबी गरेका छन् ।पार्टी प्रशिक्षणमा देशभर दौडाहामा रहेका कोइरालाले नारायणी अनलाइनलाई प्रतिक्रिया दिँदै आफ्नो दाबी प्रस्तुत गरेका हुन् । कोइराला अहिले पार्टीको निर्णय बमोजिम म्याग्दी जिल्लाको जिम्मेवारी पाएका छन् । उनले प्रचण्ड ठूलो नेता भएकोले देशको जहाँबाट पनि लड्न सक्ने अवस्था रहेको बताए । उनले भने, ‘ यसतर्फ मेरो दाबी क्षेत्र नम्बर ३ मा संघतर्फबाट लड्ने हो । आशा छ पार्टीले यसपटक मलाई न्याय गर्नेछ । २०७४ सालमा पनि भरतपुर महानगरको मेयरमा प्रचारप्रसार सुरु गरेको अवस्थामा मेरो टिकट खोसियो । यसपटक मैले न्याय पाउनेछु ।’ उनी २०७४ सालमा प्रदेशसभा निर्वाचन लडेका कोइराला २०७९ मा आइपुग्दा प्रदेशमा लड्न तयार छैनन् ।

    १४ औँ महाधिवेशनबाट पार्टीको केन्द्रीय समितिमा पुगेका उनी कांग्रेसकोसंस्थापनइतर समूहका प्रभावशाली नेता हुन् । नेता कोइराला विगत चुनावमा प्रदेशसभा निर्वाचन लडेका थिए । अहिले उनी चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा छन् । यसको लागि उनी भोलि काठमाडौँमा नेताहरु भेट्न जाँदै छन् । यही निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले यसअघिको निर्वाचन जितेका हुन् । फेरि पनि प्रचण्डले यही क्षेत्रबाट लड्ने दाबी गरिरहँदा कोइराला पनि यस क्षेत्र छाड्ने पक्षमा छैनन् ।

    विगतमा बाम गठबन्धनबाट निर्वाचित भएका दाहाल अहिले कांग्रेसँगै गठबन्धनमा छन् । त्यसैले कोइरालालाई यहाँ संघको टिकट लिन सहज छैन । तर, उनी यसलाई स्वीकार गर्न तयार छैनन् । उनले भने, ‘कांग्रेसले पटक–पटक यो निर्वाचन क्षेत्र छाड्यो । तर, अब छाड्दैन भन्ने मलाई विश्वास छ । म केन्द्रीय सदस्य पनि भएकाले यहाँ लड्नु स्वभाविक हो । एक व्यक्ति एकपटक भन्ने सिद्धान्तबमोजिम म प्रदेश लडिसकेँ । अब केन्द्र लड्छु’, कोइरालाले भने, ‘उहाँ चितवन भन्दा अघि अनेक निर्वाचन क्षेत्रबाटै जित्नुभएको हो । योपटक यहाँबाट नलड्न पनि सक्नुहुन्छ । उहाँको बारेमा मलाई थाहा भएन । म आफ्नो तयारी गरिरहेको छु ।’

    २०७४ मा उनी प्रदेशमा लडे पनि सफल हुन सकेनन् । वाम गठबन्धनबाट उमेदवार बनेका एमाले नेता कृष्णप्रसाद भुर्तेलसँग उनी पराजित भएका थिए । भुर्तेलले २४ हजार ७८५ मत ल्याउँदा कोइरालाले २३ हजार ४५ मत ल्याएर पराजित भएका थिए ।

    संविधान जारी भएपछि संघीय संचानाअनुरूप तीन तहका सरकारका लागि पहिलोपटक २०७४ सालमा निर्वाचन भएको थियो । स्थानीय तहप्रतिको आकर्षण भने एकदमै बढ्दो क्रममा छ । यसको उदाहरण गत वैशाख ३० मा भएको निर्वाचनमा प्रदेशका मन्त्रीदेखि संघीय सांसदसमेतले देखाएको आकांक्षालाई नै लिन सकिन्छ । तर, पहिलोपटक भएको प्रदेश संचनामा सुरुमा देखिएको आकर्षण कायम रहन सकेको छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.