राजनीति

सरकारमा बसेर संघीयता र गणतन्त्रविरुद्ध बोल्ने अधिकार छैन : प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ,१० माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा बसेर सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैलाई बोल्ने अधिकार नभएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन २०७९ माथिको छलफलमा सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै...

१० प्रतिशत भन्दा बढी मन्त्री बनाउने छैनौं, एउटा मन्त्रालय घटाउँदा करोडौं वचत हुन्छः प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,१० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरुमा मन्त्रालयको संख्या प्रदेशसभा सदस्यको १० प्रतिशत भन्दा बढ्न नदिने बताएका छन् । संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको प्रतिवेदनमाथि राष्ट्रियसभामा भएको छलफलमा मंगलबार उनले प्रदेशको मन्त्रालय संख्या घटाइने बताएका हुन्...

निर्वाचन खर्च सबैभन्दा धेरै एकीकृत समाजवादीको
-न्युजभित्तो

काठमाडौं,१० माघ ।  गएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बन्दसूची बुझाएका ४७ वटै राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ भएको प्रचारप्रसारको खर्च विवरण पेस गरेका छन् । आयोगले दलहरूले गर्न पाउने खर्चको सीमा तोकेको थियो । आयोगमा बुझाइएको विवरणानुसार नेकपा (एकीकृत...

वागमतीमा ३ वटा मन्त्रालय कटौती गरिने
-न्युजभित्तो

हेटौँडा,१० माघ । वागमती प्रदेशमा ३ वटा मन्त्रालय कटौती हुने भएको छ । १४ वटा मन्त्रालयबाट घटाएर ११ मन्त्रालय कायम गर्ने तय भएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताउनुभयो। प्रदेश मुख्य सचिव मुकुन्दप्रसाद निरौलाको नेतृत्वमा बनाइएको मन्त्रालय निर्धारण समितिले आज दिउँसो...

भारतीय सहयोगका आयोजनालाई गति दिन उपप्रधानमन्त्री श्रेष्ठको आग्रह
-न्युजभित्तो

काठमाडौँ,९ माघ। नेपालमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति र समस्यालगायतका विषयमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय अधिकारीसँग छलफल गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेटका लागि पुगेका भारतीय विदेश मन्त्रालका अतिरिक्त...

गण्डकी प्रदेश सरकारले १२ मन्त्रालयलाई घटाएर ७ मा पुर्याउने
-न्युजभित्तो

गण्डकी,९ माघ। गण्डकी प्रदेश सरकारले १२ मन्त्रालयलाई घटाएर सातमा पुर्याउने भएको छ । सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले सत्तारूढ दलहरुबीच मन्त्रालय घटाउने विषयमा सहमति बनेको बताइन् । “कुन मन्त्रालय कसले पाउने भन्ने विषय भने छलफलमै छ, आजै साँझसम्म मन्त्रिपरिषद्ले...

मैले सरकारलाई विश्वासको मत दिएर गल्ती गर्‍यौँ भनेको छैनः डा. कोइराला
-न्युजभित्तो

काठमाडौं,९ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूले सरकारलाई विश्वासको मत दिएर गल्ती भयो भन्ने अभिव्यक्ति नदिएको प्रस्टीकरण दिएका छन्। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा आफूले भन्दै नभनेको कुरा मिडियामा आएको...

स्टार्टअप कार्यविधि र परियोजना कर्जा छिट्टै कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल
-न्युजभित्तो

काठमाडौँ,९ माघ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप कार्यविधि र परियोजना कर्जासम्बन्धी व्यवस्था छिट्टै कार्यान्वयनमा आउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले ललितपुरमा आज आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले लामो समयदेखि बन्न नसकेको स्टार्टअप...

मेरो प्रस्तावमा केही प्रदेश मन्त्रालयको संख्या घटाइएको छ: प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ,९ माघ । प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कटौती गर्न आफूले प्रस्ताव गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै उनले आफूले प्रस्ताव...

पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिनु पर्ने दिएर गल्ती गर्‍यो: शेखर कोइराला
-न्युजभित्तो

काठमाडौँ,८ माघ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका छन् । संस्थापनइतर पक्षका नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन् ।  ‘प्रधानमन्त्रीलाई...