मेरो प्रस्तावमा केही प्रदेश मन्त्रालयको संख्या घटाइएको छ: प्रधानमन्त्री प्रचण्ड
न्युजभित्तो/९ माघ २०७९, सोमबार ११:४२
काठमाडौँ,९ माघ । प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कटौती गर्न आफूले प्रस्ताव गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै उनले आफूले प्रस्ताव अनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका हुन् ।
‘प्रदेशहरू आफैमा स्वायत्त तह हुन्।उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ। त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु हुँदैन, हामीले गर्दैनौं पनि,’ बालुवाटारमा भएको छलफलमा उनले भने, ‘तर, प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम हुन नसकेको जनगुनासोबारे हामी सचेत छौं । यसलाई पारदर्शी र मितव्ययी बनाउन जरूरी छ।’
काठमाडौँ,९ माघ । प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कटौती गर्न आफूले प्रस्ताव गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै उनले आफूले प्रस्ताव अनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका हुन् ।