सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतीय सहयोगका आयोजनालाई गति दिन उपप्रधानमन्त्री श्रेष्ठको आग्रह


  •    न्युजभित्तो/९ माघ २०७९, सोमबार १४:५८ 
  • काठमाडौँ,९ माघ। नेपालमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति र समस्यालगायतका विषयमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय अधिकारीसँग छलफल गरेका छन् ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेटका लागि पुगेका भारतीय विदेश मन्त्रालका अतिरिक्त सचिव प्रभात कुमारलगायतका अधिकारीलाई भौतिक पूर्वाधारका आयोजनालाई शीघ्र अगाडि बढाउन उनले आग्रह गरे ।

    भारतीय सहयोगमा सञ्चालित जनकपुर– जयनगर रेलमार्ग, भारतीय आयात निर्यात (एक्जिम) बैंकको ऋण सहयोगमा अगाडि बढेका आयोजनालगायतका बारेमा उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक चासो राख्दै सहजीकरणका लागि भारतीय सचिवलाई आग्रह गरेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए।

    “शिष्टाचार भेटवार्ता भएकाले मिहिन तरिकाले आयोजनाका समग्र पाटा र पक्षका बारेमा छलफल त भएन, तर समस्या समाधान गर्ने तथा शीघ्र आयोजना सम्पन्न गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ”, सचिव शर्माले भने । यस्तै, काठमाडौँ– रक्सौल रेलमार्ग तथा अन्य परियोजनाका बारेमा महत्वपूर्ण छलफल भएको उनको भनाइ छ ।

    सो रेलमार्गको विस्तृत डिजाइनको काम भइरहेको छ । छलफल निरन्तर अगाडि बढाउने र परियोजनामा देखिएका समस्या समाधानका लागि सबै उपायको खोजी गर्ने विषयमा त्यस अवसरमा महत्वपूर्ण विचार आदानप्रदान भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.