सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचन खर्च सबैभन्दा धेरै एकीकृत समाजवादीको


  •    न्युजभित्तो/१० माघ २०७९, मंगलवार १५:१३ 
  • काठमाडौं,१० माघ ।  गएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बन्दसूची बुझाएका ४७ वटै राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ भएको प्रचारप्रसारको खर्च विवरण पेस गरेका छन् । आयोगले दलहरूले गर्न पाउने खर्चको सीमा तोकेको थियो । आयोगमा बुझाइएको विवरणानुसार नेकपा (एकीकृत समाजवादी)को सबैभन्दा धेरै खर्च भएको देखिन्छ । एकीकृत समाजवादी समानुपातिकतर्फ करिब पाँच हजार मत नपुग्दा राष्ट्रिय दल बन्नबाट वञ्चित भएको थियो । सो पार्टीले एक करोड ९० लाख ८९ हजार ५०० रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएको छ । उक्त निर्वाचनबाट सात पार्टी राष्ट्रिय दल बनेका थिए । दोस्रो सबैभन्दा बढी खर्च राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको देखिन्छ । राप्रपाले एक करोड ८९ लाख खर्च भएको जनाएको छ । नेपाली कांग्रेसले एक करोड ५५ लाख ३२ हजार ५७८ खर्च भएको विवरण पेस गरेको छ ।

    नेकपा (एमाले)ले एक करोड ३३ लाख २६ हजार ६९३ खर्च गरिएको विवरण बुझाएको छ । नेकपा (माओवादी केन्द्र)ले एक करोड चार लाख ३४६ रुपैयाँ खर्च भएको विवरण पेस गरेको छ । माओवादी र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) एकल चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका थिए । निर्वाचनमा पहिलोपटक प्रतिस्पर्धा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ लाख ८६ हजार २२५ रुपैयाँ खर्च गरेको जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.