सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ता सुरु


  •    न्युजभित्तो/१२ फाल्गुन २०७९, शुक्रबार १५:३९ 
  • काठमाडौं,१२ फाल्गुन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक वार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपति निर्वाचनको उम्मेदवारको विषयमा निर्णायक वार्ता सुरु भएको हो ।

    केही दिनअघि मात्र एमाले अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारको लागि प्रस्ताव गरेका थिए । तथापि प्रधानमन्त्री प्रचण्ड नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाएर काँग्रेसलाई राष्ट्रपति दिएमा आफूलाई सहज हुने निष्कर्षमा पुगेका छन् ।

    नेपाललाई राष्ट्रपति बनाएमा नेकपा एसको एमालेसँग एकीकरण भएर ठूलो दल भएमा आफू कम्जोर हुने प्रधानमन्त्री प्रचण्डको बुझाई रहेको छ । दुई शीर्ष नेताहरुबीच राष्ट्रपतिमा सहमति नभएमा सत्ता सहकार्यको लागि ओली र प्रचण्डको यसलाई अन्तिम भेटको रुपमा पनि हेरिएको छ ।

    चुनावअघिको पुरानो गठबन्धन ब्युँताउन चार दल सहमत भएतापनि नेकपा ब्युँताउने वा पुरानो गठबन्धन ब्युँताउने भन्नेबारे अझसम्म औपचारिक टुंगो लाग्न नसकेर अलमलमा परेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली हानिएर बालुवाटार पुगेका हुन् ।

    आज शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलको बैठकमा चुनावअघिको पुरानो गठबन्धन ब्युँताउने सहमति भएपछि प्रचण्ड र ओलीबीच सुरु भएको निर्णायक वार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

    हिजो मात्र एमालेका अध्यक्ष ओलीले सरकारले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस सरकारको निर्णय दु:खद भएको टिप्पणी गरेका थिए । हिजो आफ्नो जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका थिए ।

    ओलीले केही मान्छेहरुमा अझै पनि हिंसाको धङधङी रहेको बताउदै हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवित्तिप्रति चिन्ता व्यक्त गरेका थिए । नेपाल हिंसाको पक्षमा नरहेको भन्दै उनले आन्तरिक द्वन्द्व र आन्तरिक कलह नेपाली जनतालाई स्वीकार्य नहुने बताएका थिए ।

    सरकारले जनयुद्ध दिवसका अवसरमा फागन १ गते सार्वजनिक बिदा दिएपछि ओलीले आपत्ति प्रकट गरेका थिए । जनयुद्ध दिवसलाई लिएर ओलीले गरेको टिप्पणीले दुई नेताहरुबीचको सम्वन्ध थप धरापमा परेको छ ।

    आज बिहान बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सत्तारुढ दल नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) बीच चुनावअघिको पुरानो गठबन्धन ब्युँताउने सहमति भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.