राजनीति

शिक्षामन्त्री श्रेष्ठको प्रश्न- विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइन्छ ?
-न्युजभित्तो

काठमाडौं, २३ जेठ । शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ भन्दै प्रश्न गरेकी छन् । सामाजिक सञ्जालमार्फत मन्त्री श्रेष्ठले केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालाई लक्षित गर्दै विदेशबाट घुम्न आएकालाई मन्त्री बनाएको भन्दै टिप्पणी...

नागरिकता प्राप्तिसम्बन्धी जटिलता फुकाउने कोसिस भइरहेको छ: उपप्रधानमन्त्री लामिछाने
-न्युजभित्तो

काठमाडौँ, २३ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकता प्राप्तिमा देखिएका जलिटता समाधान गर्न सरकारले कोसिस गरिरहेको बताउनुभएको छ । गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘नागरिकता र नागरिकतासँग सम्बन्धित विषयवस्तुमाथिको छलफल’ कार्यक्रमको शुभारम्भ गर्दै उपप्रधानमन्त्री लामिछानेले नागरिकता प्राप्तिसम्बन्धी नागरिकको...

पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्वपूर्ण छः प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

गण्डकी, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकसित हुने बताउनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई आज पोखरामा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले...

स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन जरुरीः राष्ट्रपति पौडेल
-न्युजभित्तो

काठमाडौं, २३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई दिगो बनाउनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताएका छन्। विश्व वातावरण दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सबै लाग्न आग्रह गरेका...

कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी विरुद्ध पक्राउ पुर्जी जारी
-न्युजभित्तो

काठमाडौँ, २३ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ। नागरिकता गडबडी प्रकरणमा ९ दिनको...

मुख्यमन्त्री यादव पाँचौँपटक विश्वासको मत लिँदै
-न्युजभित्तो

महेन्द्रनगर (धनुषा), २३ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उहाँले बुधबार १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लाग्नुभएको हो । पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेपाल कम्युनिष्ट पार्टी (एमाले),...

गणतन्त्ररूपी गाडीको तेल सकिसक्यो, गन्तव्यमा पुग्दैनः सांसद पाण्डे
-न्युजभित्तो

चितवन, २२ जेठ । चितवनका सांसद विक्रम पाण्डेले राष्ट्रिय सरकार बनाउनुपर्ने धारणा राखेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद पाण्डेले गणतान्त्रिक व्यवस्थाले गन्तव्यमा पुर्‍याउन नसक्ने भन्दै राष्ट्रिय सरकार गठन गरेर अघि बढ्नुपर्ने बताएका हुन् । उनले...

हेलम्बुकी उपाध्यक्षको चेतावनी-माग पूरा नभएसम्म काठमाडौंमा पानी पठाउँदैनौँ
-न्युजभित्तो

काठमाडौं, २२ जेठ । हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु–मेलम्चीवासीका माग पूरा नगरिएसम्म मेलम्चीको पानी काठमाडौं पठाउन नदिने चेतावनी दिएकी छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् । संघीय सरकारले बारम्बार हेलम्बुवासीका मागको बेवास्ता गरिरहेको भन्दै...

भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लाग्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, २२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संस्थागत भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लग्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिका विषयमा गर्दै आएका...

बालेनजी आफू काठमाडौं महानगरको प्रमुख हुँ भन्ने नभुल्नूः योगेश भट्टराई
-न्युजभित्तो

काठमाडौं, २२ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले बालेन शाहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले शाहलाई आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्न चेतावनी दिएका हुन् । उनले भने, ‘काठमाडौं महानगरका...