सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानको जीवनमा सकारात्मक परिवर्तन आवश्यक


  •    न्युजभित्तो/१ आश्विन २०८१, मंगलवार १६:३५ 
  • काठमाडौँ, १ असोज । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभएको छ । बल्खुस्थित कृषि तथा तरकारी बजारको वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका लक्ष्य पूरा हुन नसक्ने बताउनुभयो ।

    आफूले मन्त्रालयको जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था, दूध किसानको बक्यौता भुक्तानीका लागि पहल गरेको उल्लेख गर्दे उहाँले कृषि उपजको उत्पादनसँगै बजारीकरणमा किसानले समस्या भोग्न नपरोस् भन्ने चाहना रहेको बताउनुभयो ।

    तरकारीमा विषादीको प्रयोग बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै मन्त्री अधिकारीले यसलाई न्यूनीकरण गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । विषादी न्यूनीकरण गर्न मन्त्री अधिकारीले किसानलाई आग्रह पनि गर्नुभयो । किसानको उत्पादन सहरसम्म ल्याई बिक्रीको व्यवस्था गर्न बल्खुको जस्तो कृषि बजारको आवश्यकता रहेको मन्त्री अधिकारीले भनाइ थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.