सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छः उपराष्ट्रपति यादव


  •    न्युजभित्तो/१ आश्विन २०८१, मंगलवार १०:४२ 
  • काठमाडौँ, १ असोज । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जात्रा तथा पर्व र यसमा गरिने धार्मिक, सांस्कृतिक अनुष्ठानले मानिसमा आध्यात्मिक चिन्तन र भावको विकास गर्ने उल्लेख गर्नुभएको छ ।

    कुमारी इन्द्रजात्रा, विश्वकर्मा पूजा र अनन्त चतुर्दशी (अनवत) पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले चाडपर्वले परस्पर मेलमिलाप, भ्रातृत्व, प्रेमभाव, सदाचार, भाइचारा, सद्भाव र सम्मानको मार्गमा डो¥याउन सहयोग पुग्ने बताउनुभएको छ ।

    उपराष्ट्रपति यादवले मौलिक चिनारी र अद्भूत परिचय बोकेका यी जात्रा, पर्व, त्योहार भूगोल, भेग, क्षेत्र र समुदायगत रुपमा फरकफरक नामले मनाइए पनि यसको महत्वपूर्ण उद्देश्य पारस्परिक भ्रातृत्वभाव, प्रेमभाव, स्नेहभाव, सौहार्दभाव, अपनत्वभाव र सहयोगभावलाई उत्प्रेरित गर्नु रहेको उल्लेख गर्नुभएको छ । यसले मानिसको मन, वाणी र कर्ममा पवित्रता तथा शुद्धता सञ्चार गर्दै देशलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउन सघाउ पुग्ने विश्वासका साथ उहाँले सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

    काठमाडौँ उपत्यकालगायत देशको विभिन्न भूभागमा अत्यन्तै हर्षोल्लास र धुमधामका साथ मनाइने इन्द्रजात्रामा वर्षा र सहकालका देवता इन्द्र, जीवित देवी कुमारी, गणेश, भैरव, देवी लक्ष्मी र भगवान् विष्णु आदिको पूजाअर्चना गर्ने परम्परा छ । यस अवसरमा ठड्याउने लिङ्गो र विश्वमै अनौठो परम्परा जीवित कुमारीको पूजा गर्नु नेपाली संस्कृतिको मौलिक पहिचान हो ।

    त्यस्तै, प्रत्येक वर्षको कन्या सङ्क्रान्तिका दिन शिल्पकार, कालीगढ, उद्योगपति तथा सवारीसाधनका मालिकलगायतले निर्माण, वास्तुकला, औजार÷यन्त्र, सृजन, शिल्पकला, मूर्तिकला र सवारीसाधनका देवताका रुपमा भगवान विश्वकर्माको पूजा ९विश्वकर्मा जयन्ती० पनि भक्तिभाव र श्रद्धाभावका साथ मनाउने परम्परा छ ।

    आजकै तिथिमा तराई–मधेसतिर देवी लक्ष्मी र भगवान् विष्णुको धार्मिक विधिविधानअनुसार पूजाअर्चना गर्दै अनन्त चतुर्दशी ९अनवत० बनाउने मौलिक परम्परा छ । यस अवसरमा श्रद्धालुले भगवान् विष्णुको अनन्त रुपको प्रतीक, १४ वटा गाँठो हालिएको विशेष खालको अनन्त सूत्र ९डोरो० पाखुरामा बाँध्ने चलन छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.