सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट तीन बिरामीलाई आर्थिक सहयोग


  •    न्युजभित्तो/१ आश्विन २०८१, मंगलवार १०:४० 
  • काठमाडौं, १ असोज । नेपाली कांग्रेसका नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट डोटीका तीन जना गम्भीर प्रकृतिका बिरामीलाई आर्थिक सहयोग गरिएको छ।

    लामो समयदेखि जटिल रोगबाट पीडित रहेर आर्थिक अभावले उपचारमा कठिनाइ खेप्दै आएका शिखर नगरपालिका कपल्लेकीका कृष्ण नेगी, बडिकेदार गाउँपालिका बेरबाटाका खेमबहादुर बम र जोरायल गाउँपालिका गडसेराका बमबहादुर चोखालको पचारका लागि आर्थिक सहयोग गरिएको विष्टले बताए।

    ‘उहाँहरूको अवस्थाले पिरोलिरहेको थियो। त्यसैले सहयोगका केही मनकारी दाता साथीसँग सहयोगका लागि अपिल गरेँ। उहाँहरूले सहयोग पनि गर्नु भयो। ३ लाख २० हजार संकलन भएकोमा तीनै जनालाई जनही १ लाख १ सय ४ रुपैयाँ उहाँहरूले उपलब्ध गराउनु भएको खातामा पठाइसकेको छु,’ नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापतिसमेत रहेका विष्टले भने।

    यसका साथै लामो समयदेखि अपांगता जीवन बिताइरहेका लालबहादुर कलेललाई २० हजार रुपैयाँ प्रदान गरेको उनको भनाइ छ। उनले उपचारका लागि सहयोग गर्नेहरूप्रति आभार व्यक्त गर्दै बिरामीको स्वास्थ्य लाभको कामना गरेका छन्।

    ‘दान दिएर रित्तो कहिल्यै भइँदैन। सबैभन्दा ठूलो दान र धर्म नै मानवता तथा मानवीय सेवा हो। यही मानवीय धर्ममा हातेमालो गर्नुहुने सम्पूर्ण सहयोगी मनप्रति आभार। बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना,’ उनले भने। पटक(पटक विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका विष्टले आगामी दिनमा पनि आफ्नो यस कर्मलाई जारी नै राख्ने बताएका छन्।

    विष्टले लामो समयदेखि समाजसेवाका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन्। २०७२ सालको भूकम्प, बाढीपहिरोका बेला सहयोग गर्दै आएका विष्टको पहलमा डोटीमा एम्बुलेन्ससमेत सञ्चालनमा छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.