सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सभामुखलाई एकपक्षीय नबन्न माओवादीको आग्रह


  •    न्युजभित्तो/३० भाद्र २०८१, आईतवार १६:५४ 
  • काठमाडौं, ३० भदौ । नेकपा माओवादी केन्द्रले सभामुख देवराज घिमिरेलाई एकपक्षीय नबन्न आग्रह गरेका छन् । आइतबार नयाँ वानेश्वरमा सभामुख घिमिरेलाई भेटेर माओवादी नेताहरूले यस्तो आग्रह गरेका हुन् ।

    सभामुखले प्रतिनिधि सभामा जारी अवरोध खुलाउने विषयमा आइतबार बिहान राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूको बैठक राखेका थिए । उक्त बैठक बिना निष्कर्ष टुंगिएपछि माओवादी नेताहरू आन्तरिक छलफलमा जुटेका थिए ।

    दलहरूको बैठकमा सभामुखले आफूले संसद सचिवालयको अध्ययनको आधारमा ‘माओवादी हिंसा’ शब्द असंसदीय नरहेको निर्णय सुनाएको बताएका थिए । तर, यो एकपक्षीय भएको भन्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले असहमति राखेका थिए ।

    त्यसपछि बसेको माओवादी केन्द्रको छुट्टै छलफलले एमालेका सचिव योगश भट्टराईले गत भदौ १२ गते प्रतिनिधि सभामा बोल्दा व्यक्त गरेको माओवादी हिंसा भन्ने शब्द नहटाएसम्म अवरोध नखोल्ने निर्णय गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.