खेलकुद

गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला : पैसाले काम नरोकिए पुसदेखि प्रतियोगिता गर्न सकिने

तीन अर्ब लाग्ने रङ्गशाला निर्माणका लागि अहिलेसम्म ६ करोड ५० लाख रुपैयाँ मात्र बोलिएको छ । सबै रकम उठिसकेको छैन ।   चितवन । चितवनको रामपुरमा निर्माणाधीन बहुप्रतिक्षित र बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आगामी पुसदेखि प्रतियोगिता गर्न सकिने गरी कामलाई...

सागको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने

काठमाडौँ / राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)लाई लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ । नेपालमा आयोजना हुने १३औँ संस्करणको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को तयारीका लागि हालै सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा...

प्रधानमन्त्री कप क्रिकेट जेठमा

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद(राखेप)को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ । तेस्रो संस्करणको उक्त प्रतियोगिता आगामी जेठ १ देखि २४ गतेसम्म सञ्चालन हुने राखेप र नेपालयद्धारा आज संयुक्त रुपमा...

सडनडेथमा नेपाल पुलिससँग आर्मी स्तब्धित

झापा । काँकडभिट्टामा आयोजना भएको मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । आज अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै नेपाल पुलिस क्लब विजेता बनेको हो । विजेता पुलिस क्लबले रु १०...

कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलाई

सुर्खेत । त्रिभुवन आर्मी क्लबले कर्णाली प्रिमियर लिग (केपिएल) को उपाधि हात पारेको छ । फाइनल खेलमा न्यू होराइजन बुटवललाई ५९ रनले आज हराउँदै आर्मीले उपाधिसँगै रु पाँच लाख पुरस्कार हात पा¥यो । वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा शुरु भएको दोस्रो...

आइसिसी वरियतामा नेपालको सुधार, चौधौँबाट एघारौँमा

काठमाण्डौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी ट्वान्टी क्रिकेटको वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । आइसिसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई राष्ट्रलाई पछि पार्दै ११ औंँ स्थानमा उक्लिएको हो । नेपालले आयरल्याण्ड र जिम्बाबेलाई पछि पार्दै...

एकदिवसीय वरियतामा नेपाल यथावत्

काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एकदिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल १४औँ स्थानमा यथावत् रहेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १५२ अङ्कसहित १४औँ स्थानमा यथावत् रहेको छ । संयुक्त अरब इमिरेटस् (युएइ)मा सम्पन्न युएइविरुद्वको एकदिवसीय...

एन्फा एकेडेमीका लागि ८१ खेलाडी छनोट

काठमाडौँ /  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान सम्पन्न छनोटबाट एन्फाले मेडिकल परीक्षणका लागि ८१ जना यू–१३ उमेर समूहका खेलाडी छनोट गरेको हो...

जेठ १६ बाट चितवनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

  भरतपुर : यस पटकको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १६, १७ र १८ गते भरतपुरमा हुने भएको छ । प्रतियोगिताका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा मंगलबार बसेको वैठकले जिल्लास्तरीय प्रतियोगिता १६ गतेबाट गर्ने निर्णय गरेको हो...

आठौँ राष्ट्रिय खेलकूद : आर्मीको अग्रता कायमै

नेपालगञ्ज । प्रदेश नम्वर ५ मा जारी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सकिन एक दिन बाँकी छँदा अङ्क तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबको अग्रता कायमै रहेको छ । आज १५ औँ दिनको खेल जारी रहँदा प्रतियोगितामा २०७ स्वर्णसहित कुल...