सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सागको तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने


  •    /२७ बैशाख २०७६, शुक्रबार १७:५४ 
  • काठमाडौँ / राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)लाई लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ ।

    नेपालमा आयोजना हुने १३औँ संस्करणको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को तयारीका लागि हालै सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको राखेपले जनाएको छ ।

    प्रतियोगितामा सहभागी हुने खेलाडीलाई जेठ पहिलो साताबाट बन्द प्रशिक्षणमा राखिनेछ । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मा संयोजक रहेको प्रतियोगिता तयारी तथा व्यवस्थापन मूल समारोह समितिको बैठकले नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गर्ने निर्णय गरेको हो । सागमा नेपालबाट ६२५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने तय भएको छ ।

    यसअघि आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता बारम्बर सर्दा सागको भविष्य अन्योलमा पर्दै आएको थियो । गएको फागुन–चैतमा नेपालले आयोजना गर्ने गरी निर्णय भएको १३औँ साग आठौँ राष्ट्रिय खेलकूद र पूर्वाधार पुनःनिर्माणमा भएको ढिलाइले गर्दा छ महीना पर आगामी मङ्सिर दोस्रो साता हुने तय भएको छ । तेह्रौँ साग नेपालले आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना गर्नेछ ।

    उक्त बैठकले प्रतियोगिताको मस्कट र लोगोसमेत पारित गरेको छ । मस्कट र लोगोलाई केही दिनमा सार्वजनिक गर्ने तयारी रहेको युवा तथा खेलकूद मन्त्रालयले जनाएको छ । यस्तै बैठकले प्रतियोगितामा सहभागिता जनाउने देशलाई परराष्ट्र मन्त्रालयमार्फत निमन्त्रणा पठाउने निर्णय गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.