सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णाली प्रिमियर लिगको उपाधि त्रिभुवन आर्मीलाई


  •    /२१ बैशाख २०७६, शनिबार २२:१३ 
  • सुर्खेत । त्रिभुवन आर्मी क्लबले कर्णाली प्रिमियर लिग (केपिएल) को उपाधि हात पारेको छ ।

    फाइनल खेलमा न्यू होराइजन बुटवललाई ५९ रनले आज हराउँदै आर्मीले उपाधिसँगै रु पाँच लाख पुरस्कार हात पा¥यो । वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा शुरु भएको दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग आज सम्पन्न भएको हो ।

    उपविजेता बनेको न्यू होराइजन बुटवलले भने रु दुई लाखमा चित्त बुझाएको छ । १४७ रनको लक्ष्य पाएको न्यू होराइजनले १८.३ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र बनाएपछि फराकिलो हार भोगेको हो । टोलीका लागि विशाल सुनार २६ र निश्चल चौधरीले १९ रन बनाउदा राहुल प्रजापतिले १२ सुनिल धमलाले ११ रन बनाएपनि अरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

    आर्मीका जितेन्द्र मुखियाले तीन ओभर तीन बलमा ८ रन र सहाब आलमले तीन ओभरमा १३ रन दिएर समान तीन÷तीन विकेट हात पार्नुभयो । टस जितेर ब्याटिङ गरेको आर्मीले हरिबहादुर चौहानको ५६ रनको अर्धशतकीय पारीसँगै ६ विकेट गुमार १४६ रन बनायो । आर्मीका राजु रिजालले ३४ रन जोड्दा भीम सार्कीले सात बलमा तीन छक्का सहित अविजित २१ रनको आक्रमक पारी खेल्नुभयो ।

    बुटवल होराइजनका कप्तान शक्ति गौचन सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले रु ५० हजार पुरस्कार प्राप्त गर्नुभयो । आयोजक कर्णाली–११ का कप्तान रवीन्द्रजङ्ग शाहीले उत्कृष्ट ब्याट्सम्यान र आर्मीका सुशन भारीले उत्कृष्ट बलर बन्दै समान रु २० हजार पुरस्कार पाउनुभयो ।

    खेलाडीहरुलाई एक समारोहकाबीच नेपाल एथ्लेक्टिक्स सङ्घका अध्यक्ष राजीवविक्रम शाह, सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसी, उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले पुरस्कार प्रदान गर्नुभएको थियो ।

    आयोजक कर्णाली क्रिकेट एकेडेमीले दर्शकमध्येबाट एक जनालाई मोटरसाइकल पुरस्कार दिने व्यवस्था गरेको थियो । वीरेन्द्रनगर–३ का अमर विकले गोलाप्रथाबाट एउटा मोटरसाइकल प्राप्त गर्नुभयो । ८ टिम सहभागी भएको प्रतियोगितामा १५ वटा म्याच सञ्चालन भएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.