सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुम्बई इन्डियन्स बन्यो आईपीएलको बिजेता, चेन्नई एक रनले पराजित


  •    /३० बैशाख २०७६, सोमबार ०८:१८ 
  • हैदराबाद (भारत) । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले यस सिजनको इन्डियन प्रिमियर लीग (आईपीएल)को उपाधी उचालेको छ । गएराति भएको कडा प्रतिष्पर्धामा भारतीय टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सलाई मात्र एक रनले पराजित गर्दै मुम्बई इन्डियन्सले विश्व क्रिकेटको एउटा चर्चित र प्रतिष्ठित प्रतियोगिताको १२औँ सीजनको फाईनल प्रतिष्पर्धामा उपाधी रक्षा गरेको हो ।
    हैदराबादस्थित राजीव गान्धी इन्टरनेशनल स्टेडियममा भएको फाइनल प्रतिष्पर्धामा पहिला ब्याटिङ गर्दै मुम्बई इन्डियन्सले ८ विकेटको नोक्सानीमा १४९ रन बनाएको थियो । जवाबमा चेन्नईले पुरै २० ओभर खेल्दै १४८ रन मात्र बनाउन सक्यो ।
    अन्तिम ओभरको अन्तिम बलमा चेन्नईलाई जीतका लागि २ रन आवश्यक थियो, जसमा लासिथ मालिङ्गाले शार्दुल ठाकुरलाई एलबीडब्ल्यू आउट गरेर आफ्नो अनुभवलाई फेरि सावित मात्रै गरेनन् टीमलाई जीतसमेत दिलाए । १५० रनको लक्ष्य पछ्याएको चेन्नईका शेन वाँट्शनले ५९ बलको सामना गरी ८० रन बनाएपनि जीतका लागि पर्याप्त हुन सकेन । चेन्नईलाई आखिरी ओभरमा ९ रन आवश्यक थियो, जबकी त्यतिनै बेला वाँट्शन आउट भए र चेन्नई धर्मराउन पुग्यो ।
    आईपीएलमा मुम्बई र चेन्नईबीचको यो चौथो फाइनल थियो । जसमा मुम्बई तीन पटक च्याम्पियन बनेको छ । योसँगै मुम्बईले चार पटक आईपीएलको उपाधी जितेको छ भने चेन्नईले मुम्बईसँग बराबर बनाउने मौका गुमाएको छ ।
    जितसँगै मुम्बई इन्डियन्सले २० करोड भारु पाएको छ भने रनर्स अप बनेको चेन्नई सुपर किङ्सले साढे १२ करोड भारु पाएको छ । त्यस्तै, तेस्रो नम्वरमा रहेको दिल्ली क्यापिटल्स र चौथो नम्वरमा रहेको सनराईजर्स हैदराबादले समान आठ करोड ७५ लाख भारु पाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.