सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मुम्बई इन्डियन्स बन्यो आईपीएलको बिजेता, चेन्नई एक रनले पराजित


  •    /३० बैशाख २०७६, सोमबार ०८:१८ 
  • हैदराबाद (भारत) । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले यस सिजनको इन्डियन प्रिमियर लीग (आईपीएल)को उपाधी उचालेको छ । गएराति भएको कडा प्रतिष्पर्धामा भारतीय टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सलाई मात्र एक रनले पराजित गर्दै मुम्बई इन्डियन्सले विश्व क्रिकेटको एउटा चर्चित र प्रतिष्ठित प्रतियोगिताको १२औँ सीजनको फाईनल प्रतिष्पर्धामा उपाधी रक्षा गरेको हो ।
    हैदराबादस्थित राजीव गान्धी इन्टरनेशनल स्टेडियममा भएको फाइनल प्रतिष्पर्धामा पहिला ब्याटिङ गर्दै मुम्बई इन्डियन्सले ८ विकेटको नोक्सानीमा १४९ रन बनाएको थियो । जवाबमा चेन्नईले पुरै २० ओभर खेल्दै १४८ रन मात्र बनाउन सक्यो ।
    अन्तिम ओभरको अन्तिम बलमा चेन्नईलाई जीतका लागि २ रन आवश्यक थियो, जसमा लासिथ मालिङ्गाले शार्दुल ठाकुरलाई एलबीडब्ल्यू आउट गरेर आफ्नो अनुभवलाई फेरि सावित मात्रै गरेनन् टीमलाई जीतसमेत दिलाए । १५० रनको लक्ष्य पछ्याएको चेन्नईका शेन वाँट्शनले ५९ बलको सामना गरी ८० रन बनाएपनि जीतका लागि पर्याप्त हुन सकेन । चेन्नईलाई आखिरी ओभरमा ९ रन आवश्यक थियो, जबकी त्यतिनै बेला वाँट्शन आउट भए र चेन्नई धर्मराउन पुग्यो ।
    आईपीएलमा मुम्बई र चेन्नईबीचको यो चौथो फाइनल थियो । जसमा मुम्बई तीन पटक च्याम्पियन बनेको छ । योसँगै मुम्बईले चार पटक आईपीएलको उपाधी जितेको छ भने चेन्नईले मुम्बईसँग बराबर बनाउने मौका गुमाएको छ ।
    जितसँगै मुम्बई इन्डियन्सले २० करोड भारु पाएको छ भने रनर्स अप बनेको चेन्नई सुपर किङ्सले साढे १२ करोड भारु पाएको छ । त्यस्तै, तेस्रो नम्वरमा रहेको दिल्ली क्यापिटल्स र चौथो नम्वरमा रहेको सनराईजर्स हैदराबादले समान आठ करोड ७५ लाख भारु पाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.