सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री कप क्रिकेट जेठमा


  •    /२२ बैशाख २०७६, आईतवार २२:१० 
  • काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद(राखेप)को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ ।

    तेस्रो संस्करणको उक्त प्रतियोगिता आगामी जेठ १ देखि २४ गतेसम्म सञ्चालन हुने राखेप र नेपालयद्धारा आज संयुक्त रुपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त प्रतियोगिता ५० ओभरको हुनेछ । प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता रहनेछ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजना गरिएको छ । प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा एक हातले क्याच गर्ने दर्शकले रु ५० हजार पाउने छन् । पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिता आयोजनाका लागि नीजि संस्थासँग सहकार्य गरिरहेको बताउनुभयो । राष्ट्रिय टोलीका सदस्यहरुले पनि प्रधानमन्त्री कप खेल्नुपर्ने उहाँले बताउनुभयो ।

    प्रतियोगिताको कूल बजेट रु एक करोड ७५ लाख रहेको छ । परिषद्ले रु ८० लाख उपलब्ध गराउनेछ भने बाँकी रकम नेपालय इन्टरनेसनलले जुटाउनेछ । प्रतियोगिता सञ्चालन गर्ने सम्बन्धमा नेपालय इन्टरनेसनल र राखेपबीच पत्रकार सम्मेलनमा सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतापत्रमा राखेप सदस्य–सचिव विष्ट र नेपालय इन्टरनेसनलका तर्फबाट सुवासचन्द्र प्रधानले हस्ताक्षर गर्नुभयोे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.