सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री कप क्रिकेट जेठमा


  •    /२२ बैशाख २०७६, आईतवार २२:१० 
  • काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद(राखेप)को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ ।

    तेस्रो संस्करणको उक्त प्रतियोगिता आगामी जेठ १ देखि २४ गतेसम्म सञ्चालन हुने राखेप र नेपालयद्धारा आज संयुक्त रुपमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । उक्त प्रतियोगिता ५० ओभरको हुनेछ । प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता रहनेछ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजना गरिएको छ । प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा एक हातले क्याच गर्ने दर्शकले रु ५० हजार पाउने छन् । पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिता आयोजनाका लागि नीजि संस्थासँग सहकार्य गरिरहेको बताउनुभयो । राष्ट्रिय टोलीका सदस्यहरुले पनि प्रधानमन्त्री कप खेल्नुपर्ने उहाँले बताउनुभयो ।

    प्रतियोगिताको कूल बजेट रु एक करोड ७५ लाख रहेको छ । परिषद्ले रु ८० लाख उपलब्ध गराउनेछ भने बाँकी रकम नेपालय इन्टरनेसनलले जुटाउनेछ । प्रतियोगिता सञ्चालन गर्ने सम्बन्धमा नेपालय इन्टरनेसनल र राखेपबीच पत्रकार सम्मेलनमा सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतापत्रमा राखेप सदस्य–सचिव विष्ट र नेपालय इन्टरनेसनलका तर्फबाट सुवासचन्द्र प्रधानले हस्ताक्षर गर्नुभयोे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.