सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्रिकेट रङ्गशालाका लागि प्रदेश सरकारबाट सक्दो सहयोग गर्छौँ : मन्त्री ढुङ्गेल


  •    /६ जेष्ठ २०७६, सोमबार १७:५३ 
  • चितवन । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निरीक्षण गर्नुभएको छ ।

    मन्त्री ढुङगेलसहित यस क्षेत्रका प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेल, अर्का प्रदेशसभा सदस्य विजय सुवेदी, उद्योगी डाक्टर तिलचन्द्र भट्टराई सहितको टोलीले निर्माणाधीन रङ्गशाला निरीक्षण गर्नुभएको हो । निर्माणधीन रङ्गशालाको बारेमा मन्त्री ढुङ्गेललाई धुर्मुस सुन्तली फाउण्डेशनका प्रतिनिधि चन्द्र खड्का तथा क्युरेटर कमल पाण्डेले जानकारी दिनुभएको थियो । रङ्गशाला निरीक्षणको क्रममा मन्त्री ढुङ्गेलले चितवनमा निर्माण भइरहेको क्रिकेट रङ्गशाला प्रदेश ३ को मात्रै नभएर नेपालकै गौरब भएको बताउनुभयो ।

    रङ्गशाला निर्माणका लागि प्रदेश सरकारको भूमिकाअनुसार सहयोग गर्ने मन्त्री ढुङ्गेलले प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘डीपीआर सकेपछि हामीलाई जे भूमिका दिइन्छ सोही अनुसार प्रदेश सरकारले रङ्गशाला निर्माणका लागि सहयोग गर्छ ।’ समयमा नै रङ्गशाला निर्माण सम्पन्न गर्नका लागि प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।

    सोही क्षेत्रका प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि आफूले १० करोड रुपैयाँको योजना प्रदेशसभामा पेस गरेको जानकारी गराउनुभयो । डीपीआर निर्माणको चरणमा रहेको उक्त रङ्गशालाको काम आगामी भदौमा शिलान्यास गरेर अगाडि बढाउने तयारी थालिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
    स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ: प्रधानमन्त्री शाह
    धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर
    • एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
    • कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
    • लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणको प्रभावकारी कार्यान्वयनमा जोड
    • साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.