सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला : पैसाले काम नरोकिए पुसदेखि प्रतियोगिता गर्न सकिने


  •    /२९ बैशाख २०७६, आईतवार १३:५२ 
  • तीन अर्ब लाग्ने रङ्गशाला निर्माणका लागि अहिलेसम्म ६ करोड ५० लाख रुपैयाँ मात्र बोलिएको छ । सबै रकम उठिसकेको छैन ।

     

    चितवन । चितवनको रामपुरमा निर्माणाधीन बहुप्रतिक्षित र बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आगामी पुसदेखि प्रतियोगिता गर्न सकिने गरी कामलाई अघि बढाइएको छ ।

    धुर्मुस–सुन्तली फाउण्डेशनले गएको माघ १६ गते भरतपुर महानगरपालिकासँग रङ्गशाला निर्माण गर्ने सम्झौता गरेको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले आज पत्रकारहरुसँग कुरा गर्दै रकम उठ्न सकेमा पुस महीनासम्ममा मैदानको काम सम्पन्न गरी खेल खेलाउन सकिने बताउनुभयो । कामलाई तीव्रता दिन जेठ मसान्तसम्ममा रु ३० करोड आवश्यक पर्ने भन्दै चितवन जिल्लावासी आर्थिक सङ्कलन अभियानमा जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    हालसम्म रु ६ करोड ५० लाख मात्र बोलिएको छ । सबै रकम उठिसकेको छैन । भदौ महीनामा औपचारिक शिलान्यास गर्नका लागि आवश्यक कच्चापदार्थ जम्मा गर्ने काम भइरहेको छ । रङ्गशाला क्षेत्रलाई टिनले बार्ने, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय निर्माण, कर्मचारी आवास गृह, गोदाम घर, सुरक्षाकर्मी घरलगायत आवश्यक संरचना निर्माण भइसकेको उहाँले बताउनुभयो ।

    मैदान बनाउनका लागि काठमाडौँका दुई स्थानबाट परीक्षण गरी माटो ल्याइएको छ भने तनहुँबाट पनि माटो ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । मैदानसँगै दुबो रोप्नका लागि ब्याडमा दुबो हुर्काउने काम शुरु गरिएको कट्टेलले बताउनुभयो । पहिलो चरणमा मैदान तयार गरी प्याराफिट र अन्य काम अघि बढाउने तयारी गरिएको छ ।

    अन्तर्राष्ट्रियस्तरको र पूर्वअभ्यासका लागि एउटा÷एउटा खेलमैदान निर्माण गरिने कट्टेलले बताउनुभयो । गुरुयोजना तयार गरी नक्साङ्कनको काम तीव्र गतिमा अघि बढाइएको उहाँले बताउनुभयो । वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि अघि बढाइएको छ ।

    क्रिकेटबाहेक अन्य खेलको विस्तृत अध्ययन प्रतिवेदन अन्तिम चरणमा पुगेको छ भने क्रिकेटको प्रतिवेदन निर्माणको काम भइरहेको कट्टेलले बताउनुभयो । कट्टेलका अनुसार नेपालीसँगै विदेशी विज्ञहरुले पनि काम गरिरहेका छन् ।

    कट्टेलले आर्थिक सहयोगका लागि देशभर अभियान शुरु हुने क्रममा रहेको बताउँदै कतिपय जिल्लामा सहयोग समिति बनेर रकम सङ्कलन हुन थालेको बताउनुभयो । चितवनमा जिल्ला, महानगर, नगर, गाउँपालिका र वडास्तरीय सँगै विभिन्न सरोकारवाला निकायको छुट्टाछुट्टै समिति निर्माण गरी आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिइने उहाँले बताउनुभयो ।

    यससँगै सबै जिल्लामा समिति निर्माण गरी रङ्गशालाको अपनत्व लिने गरी आर्थिक सहयोग अभियानलाई तीव्रता दिइने उहाँले बताउनुभयो । बहुउपोगी रङ्गशाला निर्माणमा रु तीन अर्ब लाग्ने धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ । अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिनेछ । त्रिभुवन विश्वविद्यालयको नाममा रामपुरमा रहेको २० बिघा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको हो । रङ्गशालालाई खेलकूद विश्वविद्यालयका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.