अर्थ / बाणिज्य
चितवन, ७ फागुन । चितवन अटोमोबाईल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया सर्वसम्मत निर्वाचित हुनु भएको छ । एसोसिएसनको आज सम्पन्न पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनले पियाको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको निवर्तमान अध्यक्ष ईश्वरकुमार...
चितवन, ६ फागुन । कोरोनाका कारण स्थगन गरिएको रत्ननगर महोत्सव यही फागुन १५ गतेदेखि सञ्चालन हुने भएको छ । गत पुस २७ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव कोरोनाका कारण अन्तिम समयमा स्थगन गरिएको थियो । उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष...
नारायण अधिकारी चितवन, ५ फागुन । जिल्लाको पूर्वी क्षेत्रमा समथर भूभाग र विकट पहाडी क्षेत्र समेटिएर बनेको राप्ती नगरपालिकामा जनप्रनिनिधि आएसँगै एक सय वटा बैठक भएका छन् । ती बैठकमा ८४० वटा निर्णय गरी ९० प्रतिशत कार्यान्वयनमा आएका छन्...
काठमाडौँ,२ फागुन। बैंक तथा वित्तीय संस्थाहरुले फागुन महिनाका लागि निक्षेपमा अधिकतम ११।०३ प्रतिशत ब्याजदर तोकेसँगै अर्थमन्त्री जनार्दन शर्मा असन्तुष्ट बनेका छन् । अहिलेको चरम आर्थिक संकटकाबीच पनि बैंकहरुले आफूखुशी ब्याजदर वृद्धि गरेको भन्दै अर्थमन्त्री असन्तुष्ट बनेका हुन् । सोही असन्तुष्टि...
चितवन, १ फागुन । प्रणय दिवस (भ्यालेन्टाइन डे) मा भरिभराउ हुने पर्यटकीय क्षेत्रमा यस वर्ष उत्साह देखिएको छैन । प्रणय दिवसको अघिल्लो दिन आजसम्म यहाँका पर्यटकीय होटेलमा चहलपहल हुन नसकेको हो । विगतका वर्षमा कोठा नपाएर पाहुना फिर्ता गर्ने पर्यटकीय...
काठमाण्डौं, १ फागुन । बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्तालगायत कारण आज धितोपत्र बजारमा १०१.२४ अङकको पहिरो गएको छ । धितोपत्र बजारमा शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१.२४ अङ्क...
दाङ, २८ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा भीषण आगलागी भएको छ । आगलागीमा पाँच जनाको घरभित्रै फसेर मृत्यु भएको हो । गए राति करिब पौने दुई बजेदेखि लागेको आगो बिहानसम्म पनि नियन्त्रणमा...
काठमाण्डौं, २५ माघ । नेपाल राष्ट्र बैंकले नेपालमा गैरकानूनी रहेकाले क्रिप्टोकरेन्सी र नेटवर्किङसम्बन्धी कारोबारमा सचेत रहन सबैलाई आग्रह गरेको छ । पछिल्ला दिनहरुमा नेटवर्किङ मार्केटिङ र क्रिप्टोकरेन्सीको कारोबार बढ्दै गएको पाइएपछि केन्द्रीय बैंकले आज एक सार्वजनिक सन्देशमार्फत त्यस्ता कारोबार...
जनकपुर, २१ माघ । धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षौँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी...
काठमाडौँ, १४ माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ५००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...














