सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालकै ठूलो र सुविधासम्पन्न ट्रायल सेन्टर चितवनमा तयार, प्रशिक्षण र प्रयोगात्मक परीक्षा दिन सहज


  •    न्युजभित्तो/२४ जेष्ठ २०७९, मंगलवार १२:५१ 
  • चितवन, २४ जेठ । भरतपुरमा नेपालकै ठूलो र सुविधा सम्पन्न ट्रायल सेन्टर तयार भएको छ । भरतपुर महानगरपालिका ९ तीनतले चोकमा महालक्ष्मी ट्रायल सेन्टर निर्माण भएको हो ।

    सेन्टरका संचालक डम्बर थापाका अनुसार नवनिर्मित ट्रायल सेन्टर छिट्टै सेवाग्राहीहरुका लागि सञ्चालनमा आउने छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था बिभाग सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ को मापदण्ड अनुसार नै ट्रायल सेन्टर निर्माण गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “भौतिक संरचना निर्माणमा प्राविधिक दृष्टिकोणले गुणस्तरियतामा ध्यान दिईएको छ ।”

    दुई बिघा तीन कट्ठा क्षेत्रफलमा फैलिएको ट्रायल सेन्टर नेपालकै ठूलो र सुविधासम्पन्न भएको थापाले दावी गर्नुभयो । बिभिन्न जिल्लाका १५ जना युवा उद्यमीले आठ करोड रुपैयाँ भन्दा बढीको लगानीमा ट्रायल सेन्टर निर्माण गरेका हुन् ।

    ट्रायल सेन्टरमा १२ घण्टामा एक हजार जनालाई सवारी प्रशिक्षण दिन सकिने व्यवस्था छ । आवश्यकता अनुसार २४ सै घण्टा पनि प्रशिक्षण दिन समेत सकिने थापाको भनाई छ ।

    यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्रका लागि लिने लिखित तथा प्रयोगात्मक परीक्षाका लागि दैनिक एक हजार पाँच सय जनालाई सहभागी गराउन सकिने थापाले जानकारी दिनुभयो ।

    सवारी प्रशिक्षणका लागि ट्रायल सेन्टरमा १५ वटा जीप तथा कार, ५० वटा मोटरसाइकल, २५ वटा स्कुटरलगायतका आवश्यकता अनुसारको साधनहरु सहज उपलब्ध छन् । नवनिर्मित ट्रायल सेन्टरमा मोटरसाइकल, स्कुटर, कार, जीप, डेलिभरी भ्यान, मझौला सवारी, हेभी सवारी साधन, ट्याक्टर दक्ष प्रशिक्षकद्वारा सिकाइने उहाँले बताउनुभयो ।

    अभ्यासका लागि आउने प्रशिक्षार्थीहरुका लागि सात सय सवारी साधन क्षमताको पार्किङ, खाने पानी अपाङ्गमैत्री भवन, शौचालय, चमेना गृहलगायतको सुविधा रहेको छ । उनका अनुसार टाढाबाट आउने प्रशिक्षार्थीहरुका लागि आवासीय सुविधा पनि रहेको छ । यस्तै चौबिसै घण्टा प्राथमिक स्वास्थ्य तथा सुरक्षाका लागि सिसी क्यामेराको व्यवस्था रहेको छ । ट्रायल सेन्टरमा स्कुटर, मोटरसाईकल, कार, बस, ट्रक, ट्रिपर, डोजर, लोडर, क्रेन, लगायत सबै प्रकारका हेभी तथा हलुका सवारीको प्रशिक्षण तथा ट्रायल दिन सकिने व्यवस्था रहेको छ । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.