गरिमा विकास बैंक टाँडी शाखाको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
न्युजभित्तो/३० जेष्ठ २०७९, सोमबार ११:४०
रत्ननगर (चितवन), ३० जेठ । गरिमा विकास बैंक टाँडी शाखाले वित्तिय सांक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आईतबार बाग्लुङ्ग बिनामारे–चितवन रत्ननगर समाजसँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बैंकका शाखा प्रमुख विष्णु पौडेलले आर्थिक साधन स्रोतको उच्चतम प्रयोग गरी अन्य श्रोतमा लगानी गरी धनले धन कसरी आर्जन गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले बैंक भनेको के हो ? बचत, मुद्दति, चल्ती खाता कसरी खोल्ने, व्याजकर कति छ, कर्जा लगानी लिंदा ग्राहकले गर्नुपर्ने आवश्यक कामहरु बारेमा प्रष्ट्याउनु भयो ।
यसैगरी बैंकले दिएका विभिन्न सेवाहरु, डिजिटल सम्बन्धी ज्ञान र यसबाट निम्तिन सक्ने जोखिमहरु, बीमा सम्बन्ध ज्ञान प्रदान गरिएको थियो । सो अवसरमा प्रमुख पौडेलले अन्तक्र्रियामा सहभागीहरुबाट आएका विभिन्न प्रश्नहरुको उत्तर दिनुभएको थियो ।
हरिहर मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि समाजका अध्यक्ष निलकण्ठ पौडेलले बैंकबारेमा रहेका धेरै भ्रमहरु हटेको बताउनुभयो । उहाँले कतिपय बैकिङ्ग सेवा ज्ञानको अभावमा लिन नसकिएको बताउँदै यस्ता कार्यक्रम समय समयमा गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा समाजका आजीवन सदस्य एवं रत्ननगर १० का वडा अध्यक्ष कलाधर पौडेल लगायतले बोल्नु भएको थियो । बैंकका कर्जा शाखाका महेश पौडेलले संचालन गर्नुभएको कार्यक्रममा शारदा पौडेल सुवेदीले स्वागत गर्नुभएको थियो । सो अवसरमा समाज सहित स्थानीय ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।