सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वी चितवनको बकुलहरमा भोलिदेखि ‘सेभ सुपरमार्केट’ सञ्चालनमा


  •    न्युजभित्तो/१९ बैशाख २०७९, सोमबार १२:२५ 
  • रत्ननगर, १९ वैशाख । रत्ननगर नगरपालिकाको बकुलहरमा रहेको सेभ सुपरमार्केट भोलिदेखि संचालनमा आउने भएको छ ।  आज एक पत्रकार सम्मेलनको आयोजना गरी सुपरमार्केटबारे जानकारी दिईएको हो ।

    सौराहा भेन्चरस् प्रा.लि.ले संचालन गरेको सुपरमार्केटको बरिष्ठ कलाकार हरिवंश आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । बकुलहरस्थित पुरानो ज्योति हल भएको स्थानमा रहेको सुपरमार्केमा सौराहाका १८ जना व्यवसायीको १६ करोड रुपैयाँ लगानी रहेको छ । प्रा.लि.का अध्यक्ष नारायण भट्टराईले एउटै छानामुनि सस्तो र सुपथ मूल्यमा खाद्यान्नदेखि लत्ताकपडा हुँदै किचन र घरमा चाहिने सबै प्रकारका सामान पाईने बताउनुभयो ।

    तीन तले सुपरमार्केको पहिलो तलामा खाद्यान्न सहितको ग्रोसरी, दोस्रो तलामा कपडा, ईलेक्ट्रिक र किचनमा प्रयोग हुने सबै प्रकारका भाडाकुँडा रहेका छन् । तेस्रो तलामा मनोरञ्जनको लागि सुविधासम्पन्न स्केट पार्क रहने छ ।

    छिट्टै सुविधासम्पन्न चलचित्र हल समेत निर्माण गर्ने योजना रहेको संचालक सुमन घिमिरेले बताउनुभयो । सुपरमार्के सञ्चालनसँगै पूर्वी चितवनबाट दैनिक उपभोग्य वस्तुहरु खरिदका लागि भरतपुर जानु पर्ने बाध्यता हटेको घिमिरेको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.