राष्ट्रिय

राष्ट्रपति भण्डारी ढाकामाः आजै महत्वपूर्ण भेटवार्ता
-न्युजभित्तो

ढाका, ९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा आज बिहान यहाँको राजधानी ढाकामा आइपुग्नुभएको छ । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति...

दुइ सयले घट्यो सुन
-न्युजभित्तो

काठमाडौं ९ चैत । साताको दोस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको छ। यो सँगै सुन प्रतितोला ८७ हजार कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि आइतबार सुन तोलको ८७ हजार दुई सयमा...

उपराष्ट्रपतिबाट राष्ट्रपतिको कार्यसम्पादन हुने
-न्युजभित्तो

काठमाडौँ, ९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणमा जानुभएकाले उहाँको अनुपस्थितिमा उहाँबाट सम्पादन हुने कार्य नेपालको संविधानबमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने जनाइएको छ । राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने भ्रमणका...

नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था
-न्युजभित्तो

काठमाडौं, ९ चैत । नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था गरेको छ । अन्तर्राष्ट्रिय भुक्तानीको व्यवस्था नगर्दा अवैधानिक कारोबार मौलाएको भन्दै राष्ट्र बैंकले डिजिटल भुक्तानीको व्यवस्था गरेको हो । आइतबार नै राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाउन बाणिज्य बैंक र...

गैँडा गणना शुरु
-न्युजभित्तो

चितवन, ९ चैत । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ गर्नुभएको हो । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर...

प्रहरीको साङ्गठानिक व्यवस्थापन राम्रो भएमा मात्रै कार्यक्षेत्रमा भनेजस्तो काम गर्नसक्छ: मुख्यमन्त्री पौडेल
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, ९ चैत । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको साङ्गठानिक व्यवस्थापन राम्रो भएमा मात्रै कार्यक्षेत्रमा भनेजस्तो काम गर्न सकिने भएकाले तीन वटै सरकारको ध्यान त्यसतर्फ जान आवश्यक रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आइतबार वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाको...

माधव नेपालका लागि अप्रत्यासित र ठूलो क्षति
-न्युजभित्तो

काठमाडौँ, ९ चैत ।  चितवनबाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेल शुक्रवारसम्म माधवकुमार नेपाल पक्षका प्रतिबद्ध सदस्य थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दा सांसदहरूका तर्फबाट सांसद पोखरेलले नै रिट लिएर सर्वोच्च...

राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान
-न्युजभित्तो

काठमाडौँ, ९ चैत । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिवसीय राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्नुभएको...

नेपाली कांग्रेसका पदाधिकारी आज बस्दै
-न्युजभित्तो

काठमाडौं, ९ चैत । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । बैठकमा पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गरी...

त्रिभुवन आर्मी ‘ए’लाई ट्राई एडभेन्चरको उपाधि
-न्युजभित्तो

काठमाडौँ, ९ चैत । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘ए’ ले चौथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ । धादिङको बैरेनीमा आयोजित उक्त प्रतियोगितामा आर्मीको ‘ए’ टोली च्याम्पियन बनेको हो । उक्त स्पर्धामा आर्मीको ’बी’ टोली दोस्रो तथा...