सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थ्री नेसन्स कपको उपाधि नेपाललाइ,फाइनलमा बंगलादेश २-१ गोलले पराजित


  •    न्युजभित्तो/१७ चैत्र २०७७, मंगलवार ११:५९ 
  • काठमाडौँ,१७ चैत । नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ। दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

    नेपाली सिनियर टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि पाँच वर्षपछि जितेको हो। यसअघि नेपालले सन् २०१६ मा एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो।

    अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको थ्री नेसन्स कप आधिकारिक फुटबल निकायबाट मान्यता प्राप्त प्रतियोगिता भने होइन।

    नेपाललाई उपाधि दिलाउने क्रममा सन्जोग राई र विशाल राईले एक-एक गोल गरे। बंगलादेशले दोस्रो हाफमा एक गोल फर्कायो। बंगलादेशका लागि महबुबुर रहमानले ८३ मिनेटमा गोल फर्काए।

    सन्जोगले १८ मिनेटमा नेपालका लागि पहिलो गोल गरे। सुनील बलको कर्नर प्रहारलाई बंगलादेशका डिफेन्डर राम्रोसँग क्लियर गर्न नसकेको बलमा सन्जोगले डिबक्स भित्रबाट गोल गरे। यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो।

    उनले गत शनिबार बंगलादेशविरूद्ध नै डेब्यू गरेका थिए। यो नेपालले १८ महिनापछि गरेको पहिलो गोल हो।

    सन् २०१९ को सेप्टेम्बरमा चाइनिज ताइपेईविरूद्ध गोल गरेपछि नेपाल लगातार ७ खेलसम्म गोल गर्न चुकेको थियो।

    ४१ मिनेटमा नेपालले अग्रता दोब्बर पार्‍यो। सन्जोगले निकालेको सुन्दर पासमा विशाल राईले अग्रता दोब्बर पारेका हुन्।

    एन्फाको आयोजना भएको प्रतियोगितामा नेपाल र बंगलादेशसहित किर्गिस्तानको यु-२३ टिमबीच प्रतिस्पर्धा भएको हो।

    समूह चरण नेपालले दुवै टिमसँग गोलरहित बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो। बंगलादेशले भने किर्गिस्तानको यु-२३ टिमलाई १-० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ
    • राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस्: नेपाल रेडक्रस सोसाइटी
    • गणित शिक्षकको क्षमता अभिवृद्धि गर्न तालिम

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.