सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रमजीवी वर्गको सरकार ढलाएर बुर्जुवा वर्गलाई नेतृत्व हस्तान्तरण गर्ने षडयन्त्र भएको आरोप: अध्यक्ष ओली


  •    न्युजभित्तो/१७ चैत्र २०७७, मंगलवार १३:५२ 
  • काठमाडौं,  १७ चैत । नेकपा एमालेको अन्तरपार्टी निर्देशनमा अध्यक्ष केपी शर्मा ओलीले श्रमजीवी वर्गको सरकार ढलाएर बुर्जुवा वर्गलाई नेतृत्व हस्तान्तरण गर्ने षडयन्त्र भएको आरोप लगाएका छन् ।

    यसै प्रयोजनका लागि सर्वसम्मत ढङ्गले निर्वाचित संसदीय दलको नेतालाई सडकबाटै हटाइएको घोषणा गर्ने, महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई साधारण सदस्य समेतबाट निष्काशन गर्ने तथा पार्टीका विभिन्न नेताहरूलाई कार्बाही गर्ने जस्ता कुकृत्यहरू पनि भएको उनको ठहर छ ।

    अन्तरपार्टी निर्देशिका–९ मा लेखिएको छ,

    ‘यसबीचमा हामी गम्भीर परिस्थितिबाट गुज्रेका छौँ । केही नेताहरूका निहित स्वार्थ, गुटगत क्रियाकलाप र विभाजनकारी गतिविधिका कारण तीन वर्ष अगाडि सुरु गरिएको पार्टी एकीकरणको प्रक्रिया भङ्ग भयो । त्यति मात्र नभएर गालीगलौज, अमर्यादित र असभ्य आरोप लगाएर कम्युनिष्ट आन्दोलनप्रति आम जनतामा वितृष्णा पैदा गर्ने गतिविधि गरियो । सही विचार, सही धार र नेतृत्वलाई समाप्त पार्ने योजना अनुरुप प्रतिक्रियावादी शक्तिहरूसँगको साँठगाँठमा प्रधानमन्त्री हटाउने प्रयास गरिए । यसै प्रयोजनका लागि सर्वसम्मत ढङ्गले निर्वाचित संसदीय दलको नेतालाई सडकबाटै हटाइएको घोषणा गर्ने, महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई साधारण सदस्य समेतबाट निष्काशन गर्ने तथा पार्टीका विभिन्न नेताहरूलाई कार्बाही गर्ने जस्ता कुकृत्यहरू पनि भए । प्रतिनिधिसभा पुनर्स्थापनाको घोषणा हुनासाथ अबिर जात्रा गर्ने र विपक्षी पार्टीलाई प्रधानमन्त्री बनाउन घर–घर धाउने कुराले नै साथीहरूको मनसाय के थियो भन्ने प्रष्ट पार्छ । त्यसैले यो वर्गीय लडाइँ  थियो, श्रमजीवी वर्गको सरकार ढलाएर बुर्जुवा वर्गलाई नेतृत्व हस्तान्तरण गर्ने योजना अन्तरगतको षडयन्त्र थियाे ।’

    यस सङ्कटको घडीमा पार्टी पङ्क्ति र नयाँ पुस्ता दृढतापूर्वक नेतृत्व र आन्दोलनको रक्षामा उभियो । पूर्व माओवादी पृष्ठभूमिका कतिपय कमरेडहरूलाई राजनीतिक र कानूनी असहजताहरू थिए, तर पनि उहाँहरू आन्दोलनलाई सही दिशा दिने यस अभियानमा दह«ो गरी उभिनु भयो । प्रतिवद्ध नेता कार्यकर्ताहरूको सक्रियता र आम जनताको साथ– सहयोगले आज कम्युनिष्ट आन्दोलन षडयन्त्रको चक्रव्यूहबाट बाहिर आउन सफल भएको छ । उहाँहरू सबै धन्यवादका पात्र हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.