सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले र माओवादी केन्द्रको एकता खारेज गर्ने सर्वोच्चको फैसला अप्राकृतिक: माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड


  •    न्युजभित्तो/१७ चैत्र २०७७, मंगलवार १२:४९ 
  • काठमाडौं,  १७ चैत ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी केन्द्रको एकता खारेज गर्ने सर्वोच्चको फैसला अप्राकृतिक भएको बताएका छन्।

    मंगलबार  सर्वोच्च अदालतमा फागुन २३ गतेको फैसलामाथि पुनरावलोकन माग्दै निवेदन  दिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले उक्त अप्राकृतिक फैसला सच्चिने आफूले आशा गरेको बताए।

    ‘सर्वोच्चले माग्दै नमागेको विषयमा आदेश दिएको थियो।  पार्टीहरूको आन्तरिक एकता सर्वोच्चले भत्काउन मिल्दैन। यसअघि पनि यस्ता फैसला पुनरावलोकन भएका छन्,’ प्रचण्डले भने,‘मलाई आशा छ, यो फैसला पनि सच्चिने छ।’

    यसअघि पुनरावलोकन दिन मंगलबार बिहान ११ बजे प्रचण्डसहित माओवादी केन्द्रका नेताहरू बर्षमान पुन, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, जनार्द्धन शर्मा सर्वोच्च अदालत पुगेका थिए।

    नेकपा नाम कसको हुने मुद्दामा फैसला गर्दै फागुन  २३ गते सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठले नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताइदिएका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.