राष्ट्रिय
चितवन, १३ चैत । चितवनको माडी नगरपालिका वडा नंबर ८ मा एकैसाथ ठूलो संख्यामा माछा मरेसंगै पोखरीमा विष हालिएको आशंका गरिएको छ। कान्तिपुर गाउँ निवासी माछापालन कृषक भोजराज बहादुर गायकले ले घर नजिकै माछापालन गरेको १२ कठ्ठा क्षेत्रफलको जलासय पोखरीमा...
काठमाडौं, १३ चैत । नेकपा एमालेका सांसद महेश बस्नेतले डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा)को समर्थन जुटाउने प्रयास गरिरहेका बेला बस्नेतले चौधरीलाई भेटेका हुन् । बस्नेतले रिहाइका लागि सरकार सकारात्मक रहेको...
धनुषा, १३ चैत । ट्रकको ठक्करबाट नेपाल प्रहरीका एक जना प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको मिथिला नगरपालिका–१० लालगढस्थित मोडेल अस्पताल अगाडिको सडक खण्डमा प्रहरी सहायक निरीक्षक सवार रहेको मोटरसाइकलमा ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै...
भरतपुर, १३ चैत । दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सिपिएल) टि–२० क्रिकेट प्रतियोगिता आउँदो मङ्सिर महीनामा हुने भएको छ । सिपिएल आयोजकले विज्ञप्ति जारी गर्दै आउँदो मङ्सिर (डिसेम्बर) महीनामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । प्रतियोगिताको पहिलो संस्करण...
काठमाडौँ, १३ चैत । नेकपा एमालेको माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको बैठक शुरू भएको छ । कलंकीस्थित मेगा पार्टी प्यालेसमा केहीबेरअघि बैठक शुरू भएको हो । केन्द्रीय सदस्यहरूबीचको छलफलबाट एमालेको केन्द्रीय र स्थायी कमिटी बैठक बोलाउन माग गर्ने, स्पष्टीकरण र त्यस्मा...
कास्की, १३ चैत । कास्कीको माछापुच्छे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान...
जाजरकोट, १३ चैत । जाजरकोटका तीन दुर्गम गाउँपालिका सञ्चार सेवामा जोडिएका छन् । नेपाल टेलिकमले टुजी र फोरजीसहितका नयाँ टावर निर्माण गरेपछि पश्चिम जाजरकोटको शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिका सञ्चार सेवासँग जोडिएका हुन् । टेलिफोन सुविधाबाट वञ्चित...
कञ्चनपुर, १३ चैत । अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । म१ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको...
काठमाडौँ, १३ चैत । नेकपा एमाले विभाजनको डिलमा पुगेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले माधवकुमार नेपालसँग लगातार दोस्रो दिन पनि छलफल गरेका छन् । कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा बिहान साढे ८ बजेदेखि दुई घण्टाभन्दा बढी...
काठमाडौँ, १३ चैत । प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको...













