राष्ट्रिय

भेन्टिलेटर र आइसियु प्रयोगमा आउन सकेन
-न्युजभित्तो

म्याग्दी, १७ जेठ । जिल्ला सदरमुकामस्थित बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर पूर्णरूपमा प्रयोगमा आउन सकेको छैन । जनशक्ति अभावका कारण गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको आइसियु सञ्चालन गर्न समस्या भएको हो ।...

विद्यार्थीको वार्षिक नतिजा तयार गर्दै विद्यालयहरु
-न्युजभित्तो

चितवन, १७ जेठ  । कोरोना भाइरस सङ्क्रमणका कारण विद्यालयहरु बन्द भएपछि यसअघि लिइएका परीक्षा र आन्तरिक मूल्याङ्कनबाट वार्षिक नतिजा प्रकाशन गरिने भएको छ । बाल कक्षादेखि कक्षा ९ सम्मका विद्यार्थीको वार्षिक परीक्षाको नतिजा यही जेठ मसान्तभित्र गर्न लागिएको हो ।...

सुदूरपश्चिममा ६ मन्त्री सहित ७ जनाले बुझाएनन् स्पष्टीकरण, कारबाहीको तयारी
-न्युजभित्तो

कैलाली, १७ जेठ । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भएका ६ मन्त्री सहित ७ जनाले एमाले प्रदेश कमिटी सदस्यले स्पष्टीकरण बुझाएका छैनन् । शनिवार एमाले प्रदेश कमिटीले स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै २४ घण्टे अल्टिमेटमसहित तीन...

आठ कैदीबन्दीको कैद मिनाहा
-न्युजभित्तो

तनहुँ,१७  जेठ ।  गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट आठ कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०७८ का अवसरमा कैद मिनाहा गरिएको हो । कैद मिनाहा हुनेमा...

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान
-न्युजभित्तो

रुपन्देही,१७ जेठ । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरेका प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । प्रदेश सरकारले बजेटको तयारी गरिरहेका...

पोष्ट कोभिड ओपिडी सेवा सञ्चालन
-न्युजभित्तो

कैलाली, १७ जेठ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोभिड–१९ सङ्क्रमण निको भएका व्यक्तिका लागि आजदेखि पोष्ट कोभिड ओपिडी सेवा सञ्चालन भएको छ । कोरोना सङक्रमण मुक्त भएकाका लागि पोष्ट कोभिड ओपिडी सेवा सञ्चालन भएकाले फलोअप जाँचका लागि अस्पतालमा आई...

तिङ्करमा सशस्त्रको बीओपी : निर्माण शुरु नहुँदै म्याद सकिँदै
-न्युजभित्तो

दार्चुला, १७ जेठ। दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) निर्माणको काम शुरु भएको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बीओपी निर्माणको काम अझै शुरु हुन नसकेको हो । व्यास गाउँपालिका–१ को तिङ्कर...

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-न्युजभित्तो

पाँचथर, १७ जेठ । पाँचथरमा आईतबार राती (गए राति) एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स राति २ः४० बजे...

आज चीनले दिएको खोप लिन नेपाल वायुसेवाको विमान बेइजिङ जाँदै
-न्युजभित्तो

काठमाडौं, १७ जेठ। नेपाल एयरलाइन्सको चार्टर विमान आज सोमबार बेइजिङ जाने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग दिने खोप लिन विमान बेइजिङ उड्न लागेको हो । नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन...

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन आज, जसपाका ४ सांसदले पनि मतदान गर्न पाउने
-न्युजभित्तो

रुपन्देही, १७ जेठ । राष्ट्रियसभाको लुम्बिनी प्रदेशतर्फ रिक्त सदस्य पदका लागि आज सोमबार मतदान हुँदैछ । दाङको घोराहीस्थित कर्मचारी मिलनकेन्द्रमा विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । नेकपा (माओवादी केन्द्र)बाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले...