सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा जेठ २७ गतेसम्म निषेधाज्ञा थप, के-के संचालन गर्न पाइने, के-के नपाइने ? (पूर्ण आदेशसहित)


  •    न्युजभित्तो/१९ जेष्ठ २०७८, बुधबार १३:५७ 
  • चितवन, १९ जेठ । चितवनमा जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । नयाँ भेरियन्ट सहितको कोभिड -१ ९को संक्रमण यस जिल्लामा अझै सम्म पनि उच्च जोखिममा रहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको हो ।

    चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश :

    भेरियन्ट सहितको कोभिड -१ ९को संक्रमण यस जिल्लामा अझै सम्म पनि उच्च जोखिममा रहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदको निर्णय , कोभिड़ १ ९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश , २०७८ को दफा ( ४ ) , संक्रामक रोग ऐन , २०२० को दफा ( २ ) र स्थानीय प्रशासन ऐन , २०२८ को दफा ६ को उपदफा ( ३ ) ले दिएको अधिकार प्रयोग गरी मिति २०७४।०१।१५ गते जारी गरिएको आदेशलाई तपशिल बमोजिम हुने गरी मिति २०७८।०२।२० गते राती १२:०० बजे देखि मिति २०७८ । ०२ । २७ गते राती १२:०० बजे सम्म चितवन जिल्लाभर लागू हुने गरी निरन्तरता दिइएको व्यहोरा अनुरोध छ ।

    क ) संचालन गर्न नपाइने सेवा तथा कार्यहरु :

    १. अत्यावश्यक काममा बाहेक कोही पनि व्यक्ति घर बाहिर निस्कन तथा हिडडुल गर्न नपाइने । तर औषधि खरिद वा उपचार र अत्यावश्यक उपभोग्य बस्तु खरिद जस्ता अत्यावश्यक काम परी निस्कनै पर्दा अनिवार्य रुपमा मास्क लगाउने , भौतिक दुरी कायम गर्ने तथा तोकिएका जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नु पर्नेछ ।

    २. सबै प्रकारका सभा , सम्मेलन , गोष्ठी , तालिम , सेमिनार , जावा , महोत्सव सचालन ।

    ३. सिनेमा , पार्टी प्यालेस , डिपार्टमेन्टल स्टोर्स , हेल्थ क्लब , दोहोरी रेष्टुरेन्ट , फनपार्क , फुटसल , पुस्तकालय , संग्रहालय , फिटनेस सेन्टर , जिमखाना , रूपा , स्वीमिङपुल , ब्युटीपार्लर , सैलुन , टेलरिङ्ग , फुटपाथ पसल जस्ता कार्य सञ्चालन ।

    ४. होटल तथा रेष्टुरेन्टबाट टेक अवे सेवा बाहेक अन्य सेवा सन्चालन ।

    ५. फुटपाथ वा खुल्ला ठाउ वा ठेलागाडा वा साइकलबाट सञ्चालन हुने व्यापाराव्यवसाय तथा कवाडी संकलन ।

    ६. विश्वविद्यालय , क्याम्पस , विद्यालय लगायत सबै शैक्षिक संस्थाहरूमा भौतिक रुपमा उपस्थित भई हुने पठन / पाठन तथा परीक्षा लगायतका शैक्षिक गतिविधिहरू ।

    ७. विवाह , व्रतबन्ध लगायत अन्य संस्कारजन्य कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा संचालन गर्न नपाइने । तर घरमा संचालन गर्ने यस प्रकारका कार्यक्रममा बढीमा १० जनामा नबढ्ने गरी तोकिएका जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गरी गर्ने ।

    ८. मृत्यु संस्कारमा १५ जना भन्दा बढी व्यक्ति सहभागी हुन नपाइने । उक्त कार्यमा सवारी साधन प्रयोग गर्नु पर्ने भएमा जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति लिनु पर्नेछ ।

    ९ . लामो तथा छोटो दुरीका सार्वजनिक एवं निजी सवारी साधन संचालन गर्न नपाइने ।

    १०. मठ , मन्दिर , मस्जिद , गुम्बा तथा चर्च लगायतका धार्मिक स्थलमा दैनिक नित्य पुजा बाहेक अन्य जमघट गर्न नपाइने ।

    ११.चितवन राष्ट्रिय निकुञ्ज तथा सामुदायिक बनमा हुने सबै प्रकारका जंगल सफारी तथा नारायणी र राप्ति नदिमा हुने जलयात्रा सञ्चालन गर्न नपाइने ।

    १२.अत्यावश्यक सेवाप्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालयबाट हुने सेवाप्रवाह सो अवधिभर स्थगन गर्ने तर न्यूनतम कर्मचारी उपस्थित भई कार्यालयको आन्तरिक तथा प्रशासनिक कार्य मात्र संचालन गर्ने । घरबाटै गर्न सकिने कामको हकमा Work From Home को व्यवस्था गर्ने ।

    ख ) संचालन गर्न पाइने सेवा तथा कार्यहरु :

    १. औषधि , अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल सञ्चालन गर्न पाइने छ ।

    २. अत्यावश्यक सेवा जस्तै दूरसंचार , इन्टरनेट , विद्युत , फोहोरमैला व्यवस्थापन , खानेपानी आपूर्ति सम्बन्धी सेवा तथा पेट्रोल पम्प दैनिक सञ्चालन गर्न पाइनेछ ।

    ३. तरकारी , फलफूल , दुध डेरी माछा / मासु , अण्डा , चल्ला , दाना , एग्रोभेट , विउविजन , रासयनिक मल , खाना पकाउने ग्याँस पसलहरू दैनिक विहान ६:०० बजे देखि विहान ९ : ०० बजे सम्म मात्र सञ्चालन गर्न पाइने । दुध डेरीको हकमा वेलुकी ५:०० बजे देखि बेलुकी ७:०० वजे सम्म समेत सञ्चालन गर्न पाइने छ ।

    ४. बुदाँ नं ( १ ) , ( २ ) र ( ३ ) बाहेकका खाद्यान्न लगायत अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको हकमा हप्ताको ३ ( तीन ) दिन अर्थात आइतवार , मंगलबार र बिहिबार विहान ६:०० बजे देखि विहान ९ : ०० बजे सम्म मात्र सञ्चालन गर्ने ।

    ५. अत्यावश्यक सेवा प्रयोजनका लागि बैंक , वित्तीय संस्था तथा सहकारी संस्थाबाट हुने बैंकिङ सेवाको हकमा न्यूनतम कर्मचारी खटाई आइतवार , मंगलवार र विहिवार मात्र तोकिएका जनस्वास्थ्यका मापदण्डको अनिवार्य रुपमा पालना गरी / गराई बैकिङ सेवा संचालन गर्ने पाइने । बैंक तथा वित्तीय संस्थाका ATM बुथहरू २४ सै घण्टा सञ्चालन गर्नु पर्ने छ ।

    ६. उद्योग / कलकारखानाको हकमा कर्मचारी तथा कामदारलाई उद्योग परिसरमै खाने / बस्ने व्यवस्था गर्ने सो संभव नभएमा उद्योगको सवारी साधनले नै घर सम्म लानेाल्याउने व्यवस्था गर्ने तथा नेपाल सरकारले तोकेका जनस्वास्थ्य तथा सुरक्षाका मापदण्डको अनिवार्य पालना सुनिश्चितता गरेर मात्र सञ्चालन गर्ने ।

    ग ) संचालन गर्न पाइने सवारी साधनहरु :

    १. अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स ( विरामी बाहेक २ जना कुरुवा समेत ) , शववाहन , दमकल , सुरक्षा निकाय , स्वास्थ्यकर्मीले प्रयोग गर्ने सवारी साधन , अक्सिजन तथा स्वास्थ्य सामाग्री ढुवानीका साधन र पेट्रोलियम पदार्थ ढुवानीका साधनहरु ।

    २. तरकारी , फलफूल , दुग्ध पदार्थ , खानेपानी आपूर्ति , फोहोरमैला व्यवस्थापन , विद्युत , खाद्यान्न , पशुपन्छिजन्य सामग्री , दाना , माछा / मासु , अण्डा , कृषि उपज , विउ विजन , रासयनिक मल तथा कृषि औजार ढुवानी गर्ने सवारी साधन ।

    ३. दूरसंचार , इन्टरनेट , आइसोलेसन , सरसफाइमा प्रयोग गरिने सावुन / स्यानिटाइजर , कुरियर तथा डॉक सेवा ।

    ४. कुटनीतिक नियोगका सवारी साधन , बैकको ATM संचालनमा प्रयोग हुने सवारी साधन र अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारी साधन ।

    ५. समाचार संकलन / संप्रेषणका लागि परिचयपत्र बाहक संचारकर्मीले प्रयोग गरेका र पत्रपत्रिका वितरणका लागि प्रयोग भएका सवारी सधान ।

    ६. अन्तर्राष्टिय उडानबाट विदेश जाने यात्रुहरूको हकमा हवाइ टिकट , पासपोर्ट र भिषाको निस्साको आधारमा सिधै एयरपोर्ट सम्म जाने सवारी साधन । .. राजमार्ग भई अन्य जिल्लामा जाने मालवाहक सवारी साधन , निर्माण सामग्री ढुवानी गर्ने सवारी साधन र . खाली फिर्ता हुने सवारी साधन । जिल्ला भित्र निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनको हकमा विहान ६:०० बजे देखि बेलुकी २:०० बजे सम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

    घ ) साथै उपर्युक्त आदेशको पालना तथा कार्यान्वयनमा यस अघि झै आवश्यक सहयोग , समन्वय तथा सहजिकरण हुन सम्बद्ध सबै सरोकारवाला र आम चितवनवासी दिदीबहिनी तथा दाजुभाई समक्ष हार्दिक अनुरोध छ ।

    ङ ) उल्लिखित आदेशको अवज्ञा गर्ने वा आदेशको कार्यान्वयनमा बाधा हुने गरी कुनै कार्य गरे / गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

     

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.