सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लुम्बिनी प्रदेश : एकमतले विपक्षीको सामना गर्ने एमालेको निर्णय


  •    न्युजभित्तो/१९ जेष्ठ २०७८, बुधबार १३:३९ 
  • रुपन्देही,१९ जेठ । नेकपा एमाले लुम्बिनी संसदीय दलको बैठकले सरकारका नीति तथा कार्यक्रम र बजेटमा सबै सांसदहरु एकसाथ एकढिक्का भएर जाने निर्णय गरेको छ । आज दिउँसो १ बजे शुरु हुने प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन अगाडि दलको धारणा बनाउन बैठक बसेको प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

    मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा प्रदेशसभामा सरकारविरुद्ध हुने असंवैधानिक क्रियाकलापका विरुद्धमा सबै सांसदहरु एकसाथ उभिने निर्णय भएको ढकालले बताए ।

    अधिवेशनको पहिलो दिनको कार्यसूचीमा प्रदेश प्रमुख कार्यालयबाट आएका पत्रबारे जानकारी दिने र दलका प्रमुखहरुले औपचारिकरुपमा शुभकामना दिने कार्यसूचि कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको छ ।

    तर विपक्षी गठबन्धन दलका नेताहरुले सभामुख पूर्णबहादुर घर्तीलाई अविश्वासको प्रस्ताव पेश गर्न लगाउने आशंकाका समाचार बाहिरिएपछि सत्तारुढ एमालेले यसको प्रतिवाद गर्ने निर्णय गरेको हो ।

    प्रमुख सचेतक ढकालले कानुन विपरीत दर्ता भएको अविश्वासको प्रस्तावका विषय अगाडि सारिए तत्काल बहिस्कार गर्ने र सरकारलाई अध्यादेशबाट नीति तथा कार्यक्रम र बजेट ल्याउन सिफारिस गर्ने बताए । उनका अनुसार प्रतिपक्षीले बाध्य बनाएर संसद अन्त्य गर्ने वातावरण नआओस् भन्ने आफूहरुले चाहेको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.