राष्ट्रिय
काठमाडौँ, १३ साउन । राष्ट्रियसभाका सांसदले ‘सङ्घीय निजामति सेवा विधेयक’ जतिसक्दो चाँडो संसद्बाट पारित गरी जनतालाई सुशासनको अनुभूति दिन माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद उदया शर्मा पौडेले भन्नुभयो, “स्थायी सरकार निजामति सेवालाई मनोमानी चलाउनु भनेको...
काठमाडौँ, १३ साउन । सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडो भन्दा चाँडो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । बैठकमा...
काठमाडौँ, १३ साउन । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले ‘कोभिड–१९ को सङ्क्रमणका बीचमा कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य...
बर्लिन १३ साउन । जर्मनीको आधा भन्दा बढी जनसंख्यालाई कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाइएको यहाँको स्वास्थ्य मन्त्री जेन्स स्पानले बताउनु भएको छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीले खोप अभियानलाई प्राथमिकतामा राखेको उहाँले बताउनु भएको हो । स्पानका अनुसार...
काठमाडौँ, १३ साउन । राष्ट्रियसभाका सांसदले रुकुम पश्चिममा २५ वर्षीया युवतीमाथि भएको बलात्कारका दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद मायाप्रसाद शर्माले रुकुम पश्चिमको त्रिवेणी–४ छहरे बस्ने २५ वर्षीया मनकला खत्रीलाई अज्ञात...
काठमाडौँ, १३ साउन । संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ...
काठमाडौँ, १३ साउन । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सदस्यले समितिले राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलाइ, बाढीपहिराका कारण भएको क्षति, आवश्यक कानून निर्माणलगायतका विषयमा छलफल र निर्देशन तथा स्थलगत अनुगमन आवश्यक रहेकामा जोड दिनुभएको छ । प्रतिनिधिसभा पुनस्र्थापनापछि भएको समितिको...
चितवन, १३ साउन । चितवनमा आज १७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले जनाएअनुसार भरतपुर महानगरपालिकामा १२५ जना, खैरहनी नगरपालिकामा १५ जना, माडी नगरपालिकामा १२ जना, रत्ननगरमा १२ जना, राप्तीमा १४ जना र कालिकामा १ जना कोरोना...
मुल्मी, १३ साउन । गुल्मीमा आज भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका– ४ अन्तर्गत दोभान नजिकै दुर्घटनामा परेको जिल्ला...
चितवन, १३ साउन । बागमती प्रदेश सरकारले स्वास्थ्य कार्यालय चितवनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । भरतपुरमा आज आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णप्रसाद भूर्तेलले सामग्री हस्तान्तरण गर्नुएको हो । सो अवसरमा भूर्तेलले बागमती प्रदेश सरकारले चितवन जिल्लालाई विशेष महत्व...














