सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाङको पहाडी भेगलाई जडीबुटी पकेट क्षेत्रको रुपमा विकास गरिने


  •    न्युजभित्तो/१७ श्रावण २०७८, आईतवार १५:१६ 
  • देउखुरी, १७ साउन । दाङका दुई स्थानीय तहका सात वडालाई जडिबुटीको पकेट क्षेत्रका रुपमा विकास गर्न थाालिएको छ । डिभिजन वन कार्यालय घोराहीले घोराही उपमहानगरपालिकाका वडा नं १८ र १९ तथा बङ्गलाचुली गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्मलाई जडिबुटी पकेट क्षेत्रका रुपमा विकास गर्न थालिएको हो ।

    स्थानीयवासीको वैकल्पिक आम्दानीको स्रोत बनाउने, खेर गइरहेको जमिनको सदुपयोग गर्ने तथा मानव र वन्यजन्तुबीचको द्धन्द्धलाई घटाएर व्यावसायिकरुपमा जडिबुटी खेतीलाई प्रबद्र्धन गर्ने उदेश्यले जडिबुटी पकेट क्षेत्र घोषणा गरी काम थालिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

    सात वडामा यस वर्ष सहकारीमार्फत ७१ हजार बढी जडिबुटीका बिरुवा रोपण गरिएको छ । वन कार्यालयले सर्वोेत्तम बहुउदेश्यि सहकारी संस्था घोराहीसँगको समन्वयमा टिमुर, दालचिनी र मालागेडीका ७१ हजार ३० बिरुवा रोपण गरेको छ ।

    विसं २०७५ मा पकेट क्षेत्र घोषणा गरी जडिबुटीको व्यावसायिक खेती गर्ने अभियान थालिएको हो । सहकारीमार्फत यस वर्ष पकेट क्षेत्रमा गरिएको जडिबुटी खेती विस्तार कार्यक्रमका विषयमा छलफलसमेत गरिएको छ ।

    यस वर्ष ७१ हजार ३० र गत वर्ष ७५ हजार बढी जडिबुटीका बिरुवा रोपिएको वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । दुई वर्षको अवधिमा करिब सात सय किसान जडिबुटी खेतीमा आबद्ध भएका उहाँको भनाइ छ ।

    वैकल्पिक आम्दानीको स्रोत बनाउने, खेर गइरहेको जमिनको सदुपयोग गर्ने तथा मानव र वन्यजन्तुबीचको द्धन्द्धलाई घटाइ व्यवसायिकरुपमा जडिबुटी खेतीलाई प्रबद्र्धन गर्ने उदेश्य रहेको उहाँले जानकारी दिनुभयो ।

    प्रोत्साहन रकम वितरण गर्न शुरू

    दाङमा जडिबुटीका बिरूवा रोप्ने किसानलाई प्रोत्साहन रकम वितरण गर्न शुरू गरिएको छ । विशेषगरी जिल्लाका पहाडी भेगमा जडीबुटीका बिरूवा रोपेका किसानलाई प्रोत्साहनवापतको रकम वितरण गर्न शुरू गरिएको हो । डिभिजन वन कार्यालयको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा बंगलाचुलीका करिव छ सय बढी किसानलाई प्रोत्साहन रकम वितरण गर्न शुरू गरिएको हो ।

    सहकारीमार्फत पकेट क्षेत्रमा जडिबुटी विस्तार कार्यक्रमअन्तर्गत बंगलाचुली र घोराहीका गरी सात वडामा ७० हजार बढी बिरूवा रोपिएको छ । त्यसमध्ये घोराहीका वडा नं १८ र १९ तथा बंगलाचुलीका वडा नं १, २, ३, ४ र ५ मा टिमुर, मालागेडी तथा दालचिनीका बिरूवा रोपिएको छ ।

    बिरूवा रोपेका किसानलाई प्रति बिरूवा रु तीनका दरले प्रोत्साहन रकम प्रदान गरिने संस्थाका अध्यक्ष धु्रवराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रोत्साहन रकम वितरणका लागि संस्थाले रु १० लाख रकम छुट्टाइएको छ । बंगलाचुलीका वडा नं ३, ४ र ५, घोराहीका वडा नं १८ र १९ तथा तुलसीपुर उपमहानगरपालिकाको वडा नं १९ लाई टिमुर पकेट क्षेत्र तोकिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.