सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सवारी चालक अनुमतिपत्रको ट्रायल भदौमा खुलाउने तयारी


  •    न्युजभित्तो/१७ श्रावण २०७८, आईतवार १४:०२ 
  • काठमाडौँ,१७ साउन । यातायात व्यवस्था विभागले भदौबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुलाउने तयारी गरेको छ ।

    यसअघि प्रदेश सरकारले कुनै निर्णय नगरेकाले ट्रायल खोल्ने काम अन्योल देखिएको थियो । यद्यपी अब पनि प्रदेश सरकारले निर्णय नलिए विभागले भदौको पहिलो साताबाटै सवारी चालक अनुकति पत्र खुलाउने तयारी गरेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

    ‘अहिलेसम्म प्रदेश सरकारको निर्णय कुरेर बसेका छौँ’ उनले भने, ‘यो महिना हेर्छौ त्यसपछि पनि खुलाएनन् भने विभागबाट सुचना निकालेर ट्रायल खुलाउछौं ।’

    पहिलो चरणको लकडाउन ०७६ चैत्रबाट बन्द भएको ट्रायलको कामलाई विभागले डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी ७७ पुस १४ गतेबाट खुलाएका थियो ।

    यससँगै करिब ४ महिनामा पछि अर्थात कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको दोस्रो चरणको लकडाउनसँगै गत वैशाखबाट लाइसेन्सको काम बन्द भएको थियो ।

    पुसदेखि वैशाखसम्म फारम भरेका झण्डै ६ लाख मानिसहरु ट्रायलको प्रतिक्षामा छन् ।

    लाइसेन्स लिनका लागि हुने परीक्षा प्रणालीलाई केही खुकुलो बनाउने तयारी विभागले यसअघि नै थालिसकेको छ ।

    ‘मोटरसाइकल स्कुटरको चालक अनुमति पत्रका लागि लिइने मा लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर संग्रह २०७८’ कार्यविधि निर्देशिका सार्वजनिक गरिसकेको छ ।

    जसमा ५०० वटा प्रश्न सार्वजनिक गरिएको छ । त्यसभित्रबाट मात्रै सोधिने अनि प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने बताइएको छ ।

    अबको परीक्षा नयाँ प्रावधानअनुरूप नै हुने विभागले जनाएको छ ।

    सरकारले गत जेठ १ गतेदेखि नै नयाँ निर्देशिकामा आधारित परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । यद्यपी लकडाउनले पछाडि धकेलिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.