सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारलाई माओवादी केन्द्रको आग्रह : नेपाली नागरिक महाकाली नदीमा खसेको घटनालाई लिएर भारतसँग गम्भीर आपत्ति जनाऊ


  •    न्युजभित्तो/१७ श्रावण २०७८, आईतवार १४:५१ 
  • काठमाडौं,१७ साउन । सत्तारुढ नेकपा माओवादी केन्द्रले सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको लठ्ठा फुस्काइदिँदा नेपाली नागरिक महाकाली नदीमा खसेको घटनालाई लिएर भारतसँग गम्भीर आपत्ति जनाउन सरकारसँग माग गरेको छ ।

    माओवादी स्थायी कमिटीको आइतबार बसेको बैठकले घटनाबारे गम्भीर ध्यानाकर्षण भएको बताएको छ । सँगै भारतीय एसएसबीले तुइनको तार काटेका कारण नेपाली नागरिक नदीमा खसेको खबर आएको भन्दै त्यसबारे तत्काल छानविन गर्नुपर्ने उनको ठहर छ ।

    बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भनेका छन्, ‘भारतसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।’

    शुक्रबार विहान जयसिंह धामी तुइन तर्दै गर्दा एसएसबीले तारको लठ्ठा फुस्काइदिएका थिए । तुइनको तारसहित माहाकाली नदीमा खसेका जयसिंह बेपत्ता छन् । घटनाबारे छानविन गर्न गृह मन्त्रालयले सचिवको नेतृत्वमा समिति बनाएको छ । भारतले भने यो घटनामा एसएसबीको संलग्नता नरहेको जिकीर गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.