सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अकालमा मृत्युवरण गर्दै निकुञ्जका वन्यजन्तु


  •    न्युजभित्तो/१७ श्रावण २०७८, आईतवार १३:४८ 
  • राँझा, १७ साउन । बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुमैत्री संरचना नहुँदा सडक दुर्घटनामा परी वन्यजन्तुले अकालमा मृत्युवरण गर्नुपरेको छ । निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिणको रत्न राजमार्गमा सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु तथा घाइते हुनेक्रम बढ्दो छ ।
    साथै राजमार्गको दुवैतर्फ अबरोध नहुँदा अधिक तीव्र गतिमा गुडेका सवारीसाधनबाट वन्यजन्तु दुर्घटनाका जोखिममा परेका हुन् । हालसम्म सडक दुर्घटनामा परेर निकुञ्जका ३५८ वन्यजन्तुको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार राजमार्गमा सडक दुर्घटनामा परेर मर्नेमा सबै भन्दा बढी बाँदर, बँदेल र चित्तल छन् । गत आर्थिक वर्षमा मात्रै दुर्घटनामा परेर ४३ र अन्य दुर्घटनामा परेर २५ वन्यजन्तुको मृत्यु भएको थियो । आव २०७१÷७२ देखि आव २०७७÷०७८ सम्मका अवधिमा दुवै राजमार्गमा भएका सवारी दुर्घटनामा परेर विभिन्न प्रजातीका ३५८ वन्यजन्तु मरेका थिए ।

    आव २०७१÷०७२ मा सडक दुर्घटनाबाट १६ वन्यजन्तु मरेकामा कुकुरको टोकाइ तथा अन्य कारणबाट आठ रहेका थिए । आव२०७२÷०७३ मा सडक दुर्घटनामा ४३, कुकुरको टोकाइ तीन अन्य कारण चार, आव२०७३÷०७४ मा सडक दुर्घटनामा ६१, कुकुरको टोकाइबाट सात, अन्य कारणबाट १५, आव२०७४÷०७५ मा सडक दुर्घटनामा ७२, कुकुरको टोकाइबाट चार, अन्य कारणबाट छ, आव २०७५÷७६ मा सडक दुर्घटनामा ४४, कुकुरको टोकाइबाट १३, अन्य कारणबाट नौ, २०७६÷०७७ मा ५४ र गत आवमा २०७७÷७८ मा ४३ सडक दुर्घटनामा र कुकुरको टोकाइ र अन्य कारणले २५ वन्यजन्तुले अकालमा मरेका संरक्षण अधिकृत न्यौपानेले बताउनुभयो ।

    राजमार्गमा बढ्दो सवारी चाप र चालकको लापरवाहीले वन्यजन्तु जोगाउन मुस्किल भएको उहाँको भनाइ छ । निकुञ्जको पूर्व शिव खोलादेखि पश्चिम कोहलपुरसम्म ७२ किलोमिटर र उत्तर–दक्षिण रत्न राजमार्ग ३२ किमी क्षेत्रमा गाडीको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेको छ । सबैभन्दा बढी कोहलपुरदेखि शिवखोलासम्मको पूर्वपश्चिम राजमार्गमा वन्यजन्तु दुर्घटनामा पर्ने गरेको निकुञ्जको तथ्याङ्कले देखाएको छ ।

    निकुञ्जमा पूर्व–पश्चिम राजमार्ग ७२ किमी र उत्तर दक्षिणको रत्नराजमार्गले ३२ किमी निकुञ्जभित्रको वनक्षेत्र ओगटेको छ । घाँसे मैदानसहितको पानी खाने स्रोतको रुपमा सिक्टा सिँचाइको नहर र राप्ती नदी भएको कारणले पनि पानीको खोजीमा वन्यजन्तु सडक छेउ आउने गर्दा दुर्घटनामा पर्ने गरेको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.