राष्ट्रिय
काठमाडौँ, १५ साउन । गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिनुभएको छ । बिहीबार साँझ गृह मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त्री खाँणले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङलगायतका क्षेत्रमा बाढी पहिराले ठूलो क्षति पु¥याएको भन्दै उक्त स्थानमा...
काठमाडौँ, १५ साउन । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिनुभएको छ । केहीबेर अघि भएको खेलमा चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सक्नुभएन । उहाँले निर्धारित दूरी...
गलकोट, १५ साउन । कालीगण्डकी नदीमा पौडी खेल्न गएका बागलुङ नगरपालिका–४ का दुई बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इकवाल हवारीका अनुसार बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्ने हरिबहादुर विकका १३ वर्षीय छोरा...
नारायणगढ, १५ साउन । नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका–९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै २४ किलोमिटर पूर्वमा पर्छ । कालिका–९ का वडाध्यक्ष हेमबहादुर क्षेत्रीका अनुसार...
चितवन, १४ साउन । बाघ दिवसको अवसरमा यहाँ दुई जना पत्रकार सम्मानित हुनु भएको छ । चितवन राष्ट्रिय निकुञ्जले बिबिसी नेपाली सेवाका चितवन संवाददाता ईश्वर जोशी र कान्तिपुर दैनिकका पत्रकार रमेश कुमार पौडेललाई सम्मानित गरेको हो । निकुञ्जको कार्यालय कसरामा...
काठमाडौं,१४ साउन । सुरक्षित बासस्थानले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या प्रतिवर्ष बढ्दो छ । निकुञ्ज कार्यालयले बासस्थानको संरक्षण, चोरी शिकारी नियन्त्रणलगायतका कार्य निरन्तररूपमा अगाडि बढाउँदै आएपछि पाटे बाघको सङ्ख्या बढ्दै गएको हो । सन् २०१८ मा गरिएको गणनाअनुसार निकुञ्जमा १६...
काठमाडौं,: पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी ३३६५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका...
दमक, १४ साउन । झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध,...
जेनेभा १४ साउन । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख...
काठमाडौँ, १४ साउन । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ । विभिन्न सञ्चारमाध्यमममा बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गाना र उहाँको परिवारले साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीसँग मिलेमतो गरेको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको...














