सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अस्पतालमा कोरोनाका बिरामी बढ्न थाले, मापदण्ड पालना गरौ : डा. भोराज अधिकारी


  •    न्युजभित्तो/१९ श्रावण २०७८, मंगलवार ०८:४६ 
  • चितवन, १९ साउन । बरिष्ठ फिजिसियन तथा भरतपुर अस्पतालका अध्यक्ष डा. भोराज अधिकारीले चितवनमा कोरोनाका खतराका सूचक बढ्न थालेको बताउनु भएको छ । उहाँले कोभिड १९ (कोरोना भाईरस) का लक्षण सहितका समस्या र सहयोगको अपिल गर्दै ठूलो संख्यामा फोन म्यासेज आउन थालेको बताउनु भएको हो ।

    डा. अधिकारीले फोन कल, म्यासेज, म्यासेन्जर, भाईबरमा कोभिड लक्षणका समस्या देखिएको र सहयोगको अपिल गरेर फोन भरिन थालेको जनाउनु भएको छ । उहाँले भन्नुभयो “बेड खाली छ कि भनेर भौतारिएका आवाज फेरि बढ्यो ।” ‘ज्वरो र खोकीले परिवार नै सोत्तर छ, परीक्षण कसरी गर्ने ?’ भन्ने प्रश्न बढी देखिएको भन्दै उहाँले अगाडि भन्नुभयो “लक्षणसहित स्वाब परीक्षणको भिड एक्कासी बढेको छ ।”

    सामान्य लक्षणमा नि निमोनिया देखिने, छिट्टै अवस्था खस्किने, अस्पताल बसाई लामो हुने, कोभिड नेगेटिभ भएर पनि पहिल्यै भएको खराब असरले दीर्घ अक्सिजनमा भर पर्नुपर्ने, मृत्यु समेत हुने र पोष्ट कोभिड अवस्थाका अन्य खराबीले ओपिडीमा मानिस बढ्न थालेको डा. अधिकारीले बताउनु भएको छ ।

    निषेधाज्ञा शुरु हुँदा कोरोना आए जस्तो गरी केही सावधानी अपनाउने र निषेधाज्ञा खुकुलो हुँदै जाँदा कोरोना भागे जस्तो गरी काम सक्न हतारिए जस्तो गरी भिड बढ्ने गरेको भन्दै डा. अधिकारीले भन्नुभयो “भ्याक्सिनन लगाएको छु भन्दैमा कोरोना विरुद्धको स्वास्थ्य मापदण्ड पालना नगरी दादागिरी गर्नेहरु बढेका छन् ।” गत वर्ष घरेलु उपचार गरेर निको भएकाहरु पनि यस वर्ष गम्भीर बिरामी परेको भन्दै बरिष्ठ फिजिसियन डा. अधिकारीले भन्नुभयो “अघिल्लो बर्ष गुर्जोपानी भन्नेहरु फेरि अक्सिजन सिलिन्डर र डेक्सोना र भिटामिनको पत्ता लियेर गुगल हेर्दै स्वउपचारमा लागेका छन् र श्वास भुल्न थालेपछी सहयोग माग्ने गरेका छन् ।”

    कोभिडको उद्गमनस्थल भनिएको चीनमा समेत फेरी संक्रमण बढ्न थालेकाले सतर्कता अपनाउन उहाँले अपिल गर्नुभएको छ ।

    सतर्कता अपनाउँ
    उहाँले सावधानी अपनाउन सुझाव पनि दिनुभएको छ । उहाँले भन्नुभयो “एसएमएस पालना गरौं । अर्थात् साबुन, माक्स, सामाजिक दूरीको नियम पालना गरौं ।” ज्वरो खोकी र श्वास बढ्ने तीन मध्ये दुई वटा लक्षण देखिएमा अनिवार्य चिकित्सकसँग सल्लाह गरी कोरोना परीक्षण गर्नुपर्ने उहाँले सुझाउनु भएको छ ।

    निषेधाज्ञा वा लक्डाउन नभए पनि स्वास्थ मापदन्ड पालना गर्नुपर्ने उल्लेख गर्दै उहाँले अगाडि भन्नुभयो “स्वघोसित गुगल, युट्युब र अवैज्ञानिक सल्लाह लिएर समय नफालौ, ढिलो अस्पताल पुग्नेहरुलाई आईसियू चाहिने, बसाइ लामो हुने र मृत्युदर बढी हुने देखिएको छ ।”

    आफ्नो स्वास्थ्य अवस्थाबारे झुटो विवरण नदिन भन्दै उहाँले भन्नुभयो “उपचार गर्न आउदा आफ्नो कोरोना पोजिटिभ र नेगेटिभ बारे छक्काउने वा झुट बोल्ने नगरौ, मापदन्ड पालना गरौ ।”

    एकीकृत कमाण्ड सिस्टम लागू हुनुपर्छ
    कोभिड उपचारमा राज्यले पनि ध्यान दिनुपर्ने भन्दै उहाँले भन्नुभएको छ “सरकारी र गैरसरकारी सबै स्वास्थ्य संस्थाको सुबिधा र विशेषज्ञता प्रयोग गरेर नागरिक बचाउने दिर्घकालिन प्याकेजका साथ सरकारले काम गर्नुपर्छ ।”

    माहामारीमा संघीयताको कारण कार्यबिभाजनमा स्वास्थ्य क्षेत्रमा अलमल देखियोको भन्दै उहाँले यस्तो परिस्थितिमा एकीकृत कमाण्ड सिस्टम लागू हुनुपर्नेमा जोड दिनुभयो । करिब डेढ बर्षदेखि ज्यानको बाजी लगाएर उपचार गर्ने स्वास्थ्कर्मीको मनोबल गिराउने क्रियाकलाप कतैबाट हुन नहुने भन्दै उहाँले बाँच र बचाउको अभियानमा सकारात्मक सुझाब दिन लाग्नुपर्ने जनाउनु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’
    पर्वतारोहण सुरक्षामा अमेरिकी प्रविधि उपयोगी हुनसक्छः अमेरिकी उपविदेशमन्त्री रोजर्स
    कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
    • ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको प्रधानमन्त्री शाहबाट जानकारी
    • वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह
    • विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री
    • विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ: प्रधानमन्त्री शाह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.