सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतमा एकै दिन ४० हजारमा कोरोना सङ्क्रमण


  •    न्युजभित्तो/१८ श्रावण २०७८, सोमबार १३:१६ 
  • नयाँ दिल्लि, १८ साउन । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या स्थिर रहेको छ ।

    पछिल्ला केही दिनदेखि निरन्तर दैनिक औसत ४० हजार जनाका दरले नयाँ सङ्क्रमितहरु थपिएको देखिएको छ ।

    त्यसैगरी ३६ दिनदेखि दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन् ।

    कोरोना भाइरसविरुद्धको सतर्कता, खोप अभियानलगायतका कारणले अहिले दैनिक सङ्क्रमितहरुको सङ्ख्या ४० हजारको आसपासमा सीमित भएको विश्लेषण गरिएको छ । अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार १३४ जना नयाँ सङ्क्रमित भएका छन् ।

    सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा ४२२ जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको कूल सङ्ख्या तीन करोड १६ लाख ९४ हजार ९५८ पुगेको छ ।

    त्यसैगरी कोरोनाका कारण कूल मृतकको सङ्ख्या चार लाख २४ हजार ७७३ पुगेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

    भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या चार लाख १३ हजार ७१८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ९४६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एकै दिनमा नयाँ थपिएका सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने बढेको छ ।

    भारतमा कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड आठ लाख ५७ हजार ४६७ रहेको छ ।

    सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार कूल सङ्क्रमितमध्ये ९७।३५ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भइसकेका छन् ।

    भारतमा अहिलेसम्म ४७ करोड २२ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ भने अहिलेसम्म ४७ करोड २२ लाख २३ हजार ६३९ जनाको कोरोना परीक्षण गरिएको छ ।

    पछिल्लो २४ घण्टामा १७ लाख छ हजार ५९८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी
    ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन
    • हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
    • विपन्न विद्यार्थी पढाउन अध्यक्ष विष्टद्वारा अक्षयकोष स्थापना
    • मेलम्चीको पानी आपूर्ति बन्द
    • बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.