सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नगरपालिकाको राजस्व भुक्तानी अब अनलाइनबाट


  •    न्युजभित्तो/१८ श्रावण २०७८, सोमबार १३:०७ 
  • नवलपुर, १८ साउन । जिल्लाको मध्यविन्दु नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी शुरु गरेको छ । मध्यविन्दु–१५ का देशबहादुर गुरुङको सम्पत्ति कर भुक्तानी गर्दै नगरपालिकाले अनलाइन राजस्व भुक्तानी शुरु गरेको हो ।
    मध्यविन्दु नगरपालिका प्रमुख चन्द्रबहादुर रानाले अब नगरवासीले सम्पत्ति तथा भूमी, व्यवसाय र घरबाहल कर भुक्तानीको लागि नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नु नपर्ने बताउनुभयो । विद्युतीय भुक्तानी शुरु भएपछि नगरपालिकाका स्थानीय करदाताहरुले घरमा नै बसेर अनलाइन मार्फत राजश्व भुक्तानी गर्न सक्ने नगरप्रमुख रानाले बताउनुभयो । अनलाइन भुक्तानी शुरु भएपछि राजश्व भुक्तानीमा सेवाग्राहीको सहभागिता र राजश्वको दायरा वृद्धि हुने विश्वास लिइएको रानाको भनाइ छ । विद्युतीय भुक्तानीबारे करदातालाई शिक्षा दिन समेत नगरपालिकाले आवश्यक कार्य गर्ने नगरउपप्रमुख ओमकुमारी महतोले बताउनुभयो ।
    आइतबारदेखि अनलाइन प्रणाली शुरु भएपछि सबै करदाताले विद्युतीय प्रणालीमार्फत झण्झट विनै राजस्व भुक्तानी गर्न सक्ने महतोको भनाइ छ । विद्युतीय भुक्तानीको माध्यम इसेवाबाट नगरपालिकाको कर भुक्तानी गर्न सकिने नगर उपप्रमुख महतोले बताउनुभयो ।
    नगरपालिकाले विद्युतीय भुक्तानीका लागि इसेवासँग सम्झौता गरेर काम अगाडि बढाएको नगरपालिका आइटी शाखा प्रमुख नरेश गुरुङले बताउनुभयो । अन्य अनलाइन भुक्तानी गर्ने सेवा प्रदायकसँग पनि सम्झौता गरेर भुक्तानी व्यवस्थालाई सहज बनाउँदै लैजाने तयारीमा नगरपालिका जुटेको गुरुङको भनाइ छ । करदाताले कर तिर्न इ–पोर्टलमा विवरण भरेर दर्ता गराएपछि इसेवा डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोबाइलबाटै कर भुक्तानी गर्न सकिने गुरुङले बताउनुभयो । यो प्रणालीबाट राजस्व अनलाइनबाटै भुक्तानी गर्न र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सकिनेछ । अनलाइन प्रणाली शुरु गर्न करदाताले वडा कार्यालमा गएर विवरणहरू अद्यावधिक गराएपछि घरबाटै राजस्व भुक्तानी गर्न सकिने गुरुङको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.