सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय सभाबाट दुई विधेयक पारित


  •    न्युजभित्तो/१८ श्रावण २०७८, सोमबार १५:५८ 
  • काठमाडौं, १८ साउन । राष्ट्रियसभामा स्टाण्डर्ड नाप र तौल(पाचौँ सशोधन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समितिको उक्त प्रतिवेदन सभामा समक्ष पेश गर्नुभएको हो ।
    प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल हवाई सेवा प्राधिकरण, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस् भनी राख्नुुभएको प्रस्तावलाई सभाले सर्वसम्मतिले अनुमोदन ग¥यो ।

    यसअघि बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उडडयन प्राधिकरण विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो ।

    शोक प्रस्ताव

    राष्ट्रियसभामा पूर्व प्रतिनिधिसभा सदस्य अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव परित गरिएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहको निधनप्रति शोक प्रस्ताव पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले अनुमोदन गरेको हो ।

    उहाँको निधनप्रति सभामा एक मिनेट मौनधारणका साथ श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरियो ।
    राष्ट्रियसभाको अर्को बैठक यही साउन २० गते बुधबार दिनको १ बजे बस्ने छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.