राष्ट्रिय
चितवनः एनआरएनए अष्ट्रेलियाको महासचिबमा पश्चिम चितवन रामपुरका राजुबाबु अधिकारी झण्डै दोव्वर मतका साथ निर्वाचित हुनु भएको छ । उहाँले ७ हजार ८ सय १५ मत ल्याउनु भएको थियो । उहाँका निकटतम प्रतिद्धन्द्धि अच्यूत शर्मा थपलियाले ४ हजार ५ सय...
काठमाडौं, १८ साउन । नेकपा माओवादी केन्द्रले गरेको कारवाहीलाई चुनौती दिँदै चार पूर्व माओवादी नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी,...
काठमाडौं, १८ साउन । भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली आज दार्चुला जाँदै छ । छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव...
काठमााडौं, १८ साउन । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कम हुँदै गएपछि सबैजसो कार्यालयले स्थलगतरूपमै सेवा दिन थाले पनि आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडमा सेवाग्राहीले त्यस्तो सुविधा पाएका छैनन् । टेकुस्थित लिमिटेडको कार्यालयको मूलढोका बन्द गरेर सेक्युरिटी कम्पनीका सुरक्षाकर्मीमार्फत मात्र सेवा प्रवाह...
काठमाडौं,१७ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृतरथी प्रभुराम शर्मालाई यही साउन २६ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको कायममुकायम प्रधानसेनापति तोक्नुभएको छ । मन्त्रिपरिषद्को यही साउन १२ गतेको निर्णयबाट सिफारिस भएअनुसार उहाँलाई कायममुकायम प्रधानसेनापति तोकिएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका...
काठमाडौँ,१७ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ । ललितपुरमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा एमालेको बैठक सुरू भएको हो । बैठकमा हिजो पनि उपस्थित भएका उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका छन । आजको बैठकले सदस्यता...
भजनी, १७ साउन । कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्यचौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा नदीमा डुङ्गा पल्टिँदा तीन व्यक्ति बेपत्ता भएका...
काठमाडौँ, १७ साउन । नेकपा (माओवादी केन्द्र) ले यही साउन ३० गतेसम्म पार्टीका सबै वडासमिति गठन गरी त्यसको यथार्थ विवरण केन्द्रीय कार्यालयमा उपलब्ध गराउन केन्द्रीय सदस्यलाई निर्देशन दिएको छ । पार्टी सङ्गठनलाई चुस्त, दुरुस्त तथा व्यवस्थित बनाउन सबै वडासमिति गठन,...
चितवन, १७ साउन । चितवनमा आज ७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा ६५ जना, खैरहनी नगरपालिकामा ३ जना, माडी नगरपालिकामा एक जना, रत्ननगर नगरपालिकामा ६ जना र कालिकामा ४ जना...
काठमाडौँ, १७ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरिएका मोटरसाइककसहित तीन जनालाई पक्राउ गरेको छ । उपत्यकाको विभिन्न स्थानबाट हुने मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरी कारवाही थालेको जनाइएको छ । चोरीमा...














