राष्ट्रिय

नेकपा (एमाले) मा महाधिवेशनबाट निर्वाचित पदमा क्रियाशील हुन सबैलाई खुला, संगठनात्मक क्रियाकलाप नरोकिने
-न्युजभित्तो

काठमाडौं, २३ साउन। नेकपा एमालेले संगठनात्मक गतिविधिहरु र पार्टीका विधान तथा स्थानीय तहका अधिवेशनहरुको काम नरोक्ने भएको छ । माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले अधिवेशन, सदस्यता नवीकरण लगायतका संगठनात्मक गतिविधिहरु रोक्न आग्रह गरेलगत्तै पार्टीको तर्फबाट यस्तो जवाफ आएको...

साथीका प्रेमपत्र लेख्दै साहित्यकार बन्नुभएका मालिका केशरी
-न्युजभित्तो

काठमाडौँ, २३ साउन । तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं –८ स्थित गणपतिमा रहेको गाउँ फर्कोदय माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्दा प्रकाशकुमार श्रेष्ठलाई साथीभाइले प्रेमपत्र लेख्न लगाउँथे । माया, प्रेमका कुरा गर्ने श्रेष्ठले धेरैको प्रेमपत्र लेख्न थाल्नुभयो । विद्यालय...

बालाजु औद्योगिक क्षेत्रभित्रको नेविको विस्कुट कारखानामा आगलागी, अझै नियन्त्रणमा आएन
-न्युजभित्तो

काठमाण्डौं, २३ साउन । काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ । आज बिहान २ बजेदेखि आगालागी भए पनि अहिलेसम्म आगालागी नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी...

कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
-न्युजभित्तो

काठमाडौं २२ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक भोलि बोलाइएको छ । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु...

भूमि आयोग विघटनको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट
-न्युजभित्तो

काठमाडौं, २२ साउन । सरकारले गरेको भूमि सम्बन्धी समस्या समाधान आयोग विघटनको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता प्रवेश केसीले दर्ता गरेको रिटमाथिको सुनुवाइका लागि साउन २५ गते आइतवारको लागि...

काभ्रेमा पनि बढ्न थाल्यो कोरोना, अक्सिजनसहितका आइसोलेशन पूर्ववत् अवस्थामा राख्न निर्देशन
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, २२ साउन । पछिल्ला केही हप्तादेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि स्थानीय तहका आइसोलेशनलाई पूर्ववत् सुविधामा राख्न निर्देशन दिइएको छ । काभ्रेस्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसिसीएमसी०ले आवश्यक अक्सिजनसहित पूर्ववत् अवस्थामा राख्न निर्देश गरेको हो...

महाधिबेशन भदौमा सम्भव छैनः महामन्त्री कोईराला
-न्युजभित्तो

चितवन,२२ साउन । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले भदौमा महाधिबेशन सम्भव नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले कृयाशिल सदस्यता बिबाद र पार्टी समायोजनका बिषयहरुका कारण भदौमा महाधिबेशन सम्भव नरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो...

भूकम्प प्रभावितको गुनासो : छ महिनाका लागि भनियो अहिलेसम्म व्यवस्थापन हुन सकेन
-न्युजभित्तो

चितवन, २२ साउन । कालिका नगरपालिका–७ का टीकाबहादुर विश्वकर्मा अहिले आफ्नो बस्ने घर मर्मत गर्न नपाएर समस्यामा हुनुहुन्छ । उहाँ २०७२ सालमा आएको भूकम्पमा परी विस्थापित भएर इच्छाकामना गाउँपालिका–२ गुछिवाङबाट यहाँ आउनुभएको हो । उहाँ कालिका–७ जुटपानीमा आएर बसेको...

दार्चुला तुइन घटना प्रकरण : सात दिनपछि छानबिन समितिद्वारा घटनास्थल निरीक्षण
-न्युजभित्तो

दार्चुला, २२ साउन । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोली घटनास्थल निरीक्षणमा पुगेको हो । व्यास गाउँपालिका–२ मालघाटको...

हेलम्बु राजमार्ग अवरुद्ध
-न्युजभित्तो

सिन्धुपाल्चोक, २२ साउन । लगातारको बाढीले पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । बिहान ०६ः५० बजेको समयमा मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिरामा इन्द्रावती नदीले बाटो कटान गर्दा २० मिटर बाटो झरी मेलम्चीतर्फ जाने बाटो पूर्णरूपमा अवरोध...